१६ आश्विन २०७५, मंगलवारकाठमाडौँ । जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा पुरुष समूहतर्फ नेपाली टोली विजयी भएको छ । गए राति सम्पन्न छैटाैँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो ।
छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छन्।
नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा रहेको नेपालले ११५औँ बरियताको श्रीलङ्कामाथि जित निकाल्दा रिजेन्द्र र नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ विजयी भए छन् ।
यसैगरी महिलातर्फ छैटौँ चरणको खेलमा नेपालले प्यालेस्टाइनसँग २–२ को बराबरी खेल्दै अङ्क बाँडेको छ । छैटौँ चरणमा नेपालका मोनालिसा खम्बू र सुजना लोहनी विजयी भएका हुन् । सिन्दिरा जोशी र खुश्बु थापा पराजित छन् ।
-news24
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0