अब पूर्वआइजीपी खनालविरुद्ध मुद्दा दायरा गर्छौ : खेलाडी सागर थापा

२०७७ असार ३०, मंगलवार १६:२६ गते २०७७ असार ३०, मंगलवार १६:२६ गते २०७७ असार ३०, मंगलवार १६:२६ गते

काठमाण्डौं : खेलाडी सागर थापाले नेपाली फुटबलमा पहिलो पटक खेल मिलेमतो (म्याच फिक्सिङ)को आरोप लागेर आफ्नो खेल जीवनको उत्कृष्ट समय गुमाएकोमा गुनसो गरेका छन् ।उनले एक टेलिभिजनलाई अन्तर्वाता दिँदै आँफूहरुलाई नियोजित रुपमै मुद्दा चलाइएकोमा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्दा दायर गर्ने समेत बताएका छन् ।खेल मिलेमतोको गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एकफजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका हुन् । सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसला नै सदर गरेको हो ।

उनीहरुलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो ।विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो ।राज्यविरुद्धको अपराधको मुद्दाबाट सफाइ पाएपछि अन्तर्वातामा बल्दै थापाले भनेका छन्, ‘नगरेको अपराधबाट सफाइ पाउँछौँ भन्ने त थाहा थियो । तर यो गम्भीर दाग लगाएर हामीलाई खेलबाट यत्रो वर्ष बाहिर राखिदिएका छन् । मेरो ६ वर्ष कसले फिर्ता गर्छ ?’अब हामी पूर्वआइजीपी खनालविरुद्ध मुद्दा दायर गर्छौ’ हामीले खेलिरहेको समयमा नभएको त्यस्तो आरोपले देशभर नै गलत सन्देश गयो । एन्फाले पनि केही सोचेन । अब त एन्फाले केही सोच्ला कि । हामी अपराधि होइनौँ भन्ने त प्रमाणित भयो अब त्यसको मूल्याकंन कसले गर्ने ? जीन्दगी नै वरवाद भयो नि’ उनले भने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *