अबदेखि कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा

२०७७ असार ३१, बुधबार ०८:३१ गते २०७७ असार ३१, बुधबार ०८:३१ गते २०७७ असार ३१, बुधबार ०८:३१ गते
Commission for Investigative of Abuse of Authority PHOTO:KIRAN PANDAY

काठमाडौं, ३१ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए ।सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई नियन्त्रणमा लिइएको थियो । प्रमुखले दिएको ग्रिन सिंग्नलकै कारण कर्मचारीले घुस लिएको निष्कर्षसहित अख्तियारले मालपोत प्रमुख अधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सरकारी कार्यालय खुलेको पहिलो दिन नै उनीहरुले सेवाग्राहीसँग घुस रकम लिएको फेला परेपछि अख्तियारले नियन्त्रणमा लिएको थियो । अधिकारी डिल्लीबजारका कार्यालय प्रमुख रहेको बेला २ जेठमा मालपोत अधिकृतसहित ६ जनालाई अख्तियारले ८ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।एउटा कार्यालयका ६ जना कर्मचारी एकैपटक घुस बार्गेनिङमा मुछिनु र कार्यालय प्रमुखले मौनता साँधेको विषयलाई गम्भीर रूपमा लिएर भूमिसुधार मन्त्रालयले छानबिनका लागि मालपोत अधिकारीलाई काजमा तानेको थियो ।लामो समयको बन्दाबन्दी (लकडाउन)पछि कार्यालय खुल्नेबित्तिकै मालपोतका कर्मचारीले खुलेयाम घुस लिँदालिँदै ६ जना कर्मचारीलाई नियन्त्रण लिएपछि प्रमुखलाई पनि कारबाही गर्नुपर्ने निष्कर्षसहित अख्तियारले भूमिसुधार मन्त्रालयलाई जानकारी गराएको थियो ।

अख्तियारका अनुसार अधिकांश कार्यालयमा कार्यालय प्रमुखले ‘ग्रिन सिग्नल’ दिएकै कारण कर्मचारीले घुस लिने गरेको पाइएको छ । कार्यालय प्रमुखले आपूm पनि घुस नखाने र कसैले घुस खाएमा कडा कारबाही गर्ने व्यावहारिक प्रतिबद्धता देखाउन सके घुस खाने प्रवृत्तिमा धेरै कमी हुने ठहर अख्तियारको छ । मालपोत प्रमुख अधिकारीले कमान्ड कन्ट्रोल गर्न नसकेको र सेवाग्राहीले घुस नदिएसम्म काम नहुने प्रवृत्ति बढेपछि उनलाई कारबाहीस्वरूप भूमि व्यवस्था विभाग फिर्ता बोलाइएको थियो ।सुरुमा कर्मचारीलाई मात्रै नियन्त्रणमा लिएको अख्तियारले अनुसन्धान गर्दै जाँदा प्रमुखको पनि संलग्नता देखिएपछि गत सोमबार मालपोत प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानबाट उनीहरू सबैको मिलेमतोमा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस रकम दिन बाध्य पारेको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ ।उनीहरूलाई अख्तियारले टोखा नगरपालिका—९ सामाखुसी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट रकमसहित नियन्त्रणमा लिएको थियो । अख्तियारले उनीहरूविरुद्ध जनही बिगो रकम ८ लाख ५० हजार रुपैयाँ कायम गरी एक वर्ष ६ महिनादेखि दुई वर्ष ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ । निराजन पाैडेलले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *