विगत १ महिना देखि भक्तपुरबाट बेपत्ता भएका दिनेश अर्यालको सर्वत्र खोजी

२०७७ असार ३१, बुधबार १९:३९ गते २०७७ असार ३१, बुधबार १९:३९ गते २०७७ असार ३१, बुधबार १९:३९ गते

एजेन्सी। गत जेठ ३० गते देखि एकाएक बेपत्ता भए सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ४ थकनी स्थित मुसुरे निवासी २८ वर्षीय युवक दिनेश अर्याल। उनी भक्तपुर जिल्लाको ठिमीमा बसोवास गर्दै आएका थिए।कहाँ गए, के कस्तो अवस्थामा छन् हालसम्म केही अत्तोपत्तो छैन। खोजीकार्य तिब्र भैरहेको छ। मैले देखें भनेर भन्ने पनि आज १ महिना बित्दा समेत कोहि नभएको बेपत्ता दिनेशका काका पदम अर्याल बताउनुहुन्छ। गहुँगोरो वर्णका उनी अन्दाजी ५ फिट ३ इन्च उचाईका छन् ।कोहिकसैले दिनेशलाई कहिँकतै देख्नुभएमा दिनेशका अंकल पदम अर्यालको मोबाईल नम्बर ९८४१४४५००१ या नेपाल प्रहरीको प्रहरी कन्ट्रोल नम्बर १०० मा कल गरि खबर गरिदिनुहुन सबैमा अनुरोध गरिन्छ। दिनेश बेपत्ता भएको मिति देखि दिनेशका परिवार लगायत आफन्तजन गहिरो चिन्तामा हुनुहुन्छ । यो समाचार सक्दो शेयर गरिदिनुहोस् ताकी दिनेशलाई देख्नुहुने मानिसको पहुँचसम्म पुगोस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *