यसरी गरे नेता रिजालले सर्वोच्च कमान्डरमा ओलीलाई राख्ने गरी नेकपा नेतृत्वको व्यवस्थापन

२०७७ श्रावण ७, बुधबार २०:३८ गते २०७७ श्रावण ७, बुधबार २०:३८ गते २०७७ श्रावण ७, बुधबार २०:३८ गते

काठमाडौं, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता राम प्रसाद रिजालले सर्वोच्च कमान्डरमा केपी शर्मा ओलीलाई राख्ने गरी, नेकपामा मुख्य ५ नेताको नेतृत्व व्यवस्थापन गरेका छन् ।उनले पिएनपि खबरसँग भने, ‘नेतृत्व व्यवस्थापनको मैले तयार पारेको नयाँ मोडालिटी यसो गरे कसो होला ?’ ‘हाल नेकपामा मुख्य ५ नेताको व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । जसको समयमै उचित व्यवस्थापन गर्न नसके पार्टी नै फुट्न सक्ने र नेकपा फुटे अहिलेको संघीय लोकतांत्रिक व्यवस्था नै समाप्त भई मुलुककै भविष्य नै अन्धकार र अस्थिरता तिर धकेलिन्छ ।’उनले तयार पारेको नेकपा नेतृत्व व्यवस्थापनको नयाँ मोडालिटी यस्तो छ –

  • १) केपी शर्मा ओली – सर्वोच्च कमान्डर वा सर्वोच्च नेता
  • २) पुष्पकमल दाहाल – कार्यकारिणी अध्यक्ष
  • ३) माधव कुमार नेपाल – प्रधानमन्त्री
  • ४) झलनाथ खनाल – सरकार संचालित सयंन्त्रको संयोजक विद्यादेवी भण्डारीको कार्यकाल पछि राष्ट्रपति
  • ५) वामदेव गौतम – उप-प्रधानमन्त्री तथा गृहमन्त्री चुनाव पछिको प्रधानमन्त्री

‘लामो समयसम्म पार्टीका अनगिन्ती बैठकहरु सबै भेटघाटहरु छलफलहरु निष्कर्ष बिहिन भएकोले पार्टीलाई सहयोग पुर्‍याउन मात्र यो मोडालिटी तयार पारेको हुँ, उनले भने ।’उनले पहिलो मर्यादामा रहेका ओलीको पद, सेरेमोनियल मर्यादाको दोस्रोमा दाहाल, तेस्रोमा माधव र चौथौमा खनाल र पाँचौंमा गौतमलाई राख्दा उपयुक्त हुने बताएका छन् । पार्टीमा नेताको संगठन र तलसम्मको पकड र उपस्थितको आधारमा मर्यादाकर्म राखिदा उपयुक्त हुने बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *