जस जसको राशि बृष र मिथुन हो, उहाँहरूले नछुटाइ पढ्नुहोस
बृष र मिथुन राशि हुनेले नछुटाइ पढ्नुहोस्
एजेन्सी । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।
वृष राशि हुने व्यक्तिका लागि वृष, कन्या या मकर राशिका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदि कुनै व्यक्तिको राशि वृष हो र उ कर्कट, वृश्चिक या मीन राशिका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो मानिसको राशि वृष हो उनको लागि मेष, सिंह, या धनु राशिका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । वृष राशिका लागि मिथुन, तुला या कुम्भ राशि हुनेहरूका साथ जोडी राम्रो मानिदैन ।
मिथुन राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशि मिथुन हो र उ मेष, धनु या सिंह राशिका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ । जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको सम्बन्ध राम्रो हुँदैन ।
Views: 0