ह्वातै बढ्यो सुनको भाउ : हेर्नुहोस विवरण

२०७७ श्रावण १४, बुधबार १३:४९ गते २०७७ श्रावण १४, बुधबार १३:४९ गते २०७७ श्रावण १४, बुधबार १३:४९ गते

काठमाडौं, १४ साउन : सुनको मूल्यले बुधबार फेरि रेकर्ड बनाएको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो । मंगलबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रति औंस ८ डलरले बढेको छ । बुधबार सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । सुनको मूल्य बढे पनि चाँदी भने बुधबार तोलामा २० रुपैयाँ घटेको छ । मंगलबार १२ सय ४५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *