उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको यसरी भयो मृत्यु

२०७७ श्रावण १६, शुक्रबार २२:०१ गते २०७७ श्रावण १६, शुक्रबार २२:०१ गते २०७७ श्रावण १६, शुक्रबार २२:०१ गते

ललितपुर, १६ साउन : पाटन अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको शुक्रबार बिहान ज्यान गएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले पुष्टि गरेका छन् ।अस्पतालका निर्देशक शर्माका अनुसार अस्पतामा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका निर्देशक शर्माका अनुसार कोरोना संक्रमणसँगै ती महिलालाई उच्च रक्तचापको समस्या पनि थियो ।गएको ६ गते अस्पताल भर्ना भएकी उनको स्टार अस्पतालमा कोरोना परीक्षण भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । वीरगञ्जबाट काठमाडौं आएसँगै उनमा रुघाखोकीलगायतको समस्या देखिएको थियो ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *