नेपालमा पहिलोपटकअपाङ्गता प्रतिभा २०२० को आयोजना

२०७७ श्रावण २२, बिहीबार १४:०२ गते २०७७ श्रावण २२, बिहीबार १४:०२ गते २०७७ श्रावण २२, बिहीबार १४:०२ गते

साउन २२ काठमाडौं । नेपालमा फरक क्षमता (अपांगता) भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ।आज ललितपुरमा दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।बिश्वब्यापी फैलिएको कोरोना को महामारीलाई मध्ये नजर गरि सामाजिक दुरि कायम गरिएको कार्यक्रममा विश्व साइकल यात्री चित्र पौडेलको सभापति र डा.समीर मणी दिक्क्षितको प्रमुख अतिथि,राष्ट्रिय अपाङ्ग पत्रकार संघका केन्द्रीय अध्यक्ष रबिन प्रसाद थपलिया,बरिस्ठ कलाकार किरण के सि,सुरेन्द्र के सि,बिश्व साइकल यात्री पुस्कर शाह,पुर्ब रा.मन्त्री बिराज बिष्ट,ज्योति के सि,गणेश राई लगाएतको अतिथिहरूको उपस्थिति र पत्रकार मिलन लामाको संचालनमा सम्पन्न भयो।

कार्यक्रम नेपालको लागि अहिलेसम्म कै पहिलो अवार्ड हुनेछ। अवार्डमा सहभागिता जनाउनको लागि देशका सातैवटा प्रदेशका मुख्य शहरहरु बिर्तामोड,ईटहरी,जनकपुर,चितवन,पोखरा, बुटवल नेपालगंज,धनगडीबाट फरक क्षमता भएका विभिन्न विद्याका प्रतिभाहरु छनौट गरी अवार्डको आयोजना काठमाडौंमा गरिनेछ।अवार्डमा सहभागिता जनाउनेले नृत्य, गायन, चित्रकला, हस्तकला, आविस्कार, तथा संगीतिक कला प्रस्तुत गर्न सकिनेछ,जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराईनेछ ।विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने छन्।अवार्ड कार्यक्रम संयोजक र व्यवस्थापन विश्व साइकल यात्री चित्र पौडेल र रश्मि शाक्यले गरेका छन् । व्यवस्थापन युनिक भिन डन्टरटेनमेन्ट र लायन्स क्लब अफ काठमाडौ र राईजिङग गोल्डडेन डिमले गर्ने भएका छन।आयोजक समितिमा टिका थापा मगर,अनिता पौडेल,सुजता देवन ले व्यवस्थापन गर्ने छन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *