यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

२०७७ श्रावण २२, बिहीबार २२:१३ गते २०७७ श्रावण २२, बिहीबार २२:१३ गते २०७७ श्रावण २२, बिहीबार २२:१३ गते
sf7df8f}F, @% c;f/ M ;~rf/ tyf ;""rgf k|ljlw dGqfnodf laxLaf/ dGqL kl/ifbn] u/]sf lg0f{o ;fj{hlgs ub}{ cy{, ;~rf/ tyf ;""rgf k|ljlwdGqL 8f=o''j/fh vltj8f . t:jL/ M rGb|snf If]qL,/f;;

काठमाडौं, साउन २२ : सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले काभ्रेका डा. उप्रेतीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।बैठकले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । उहाँले बुधबार पदभार ग्रहण गरिसक्नुभएको छ ।भट्टको नियुक्तिलाई लिएर सत्तारुढ दल नेकपाभित्र र बाहिरपनि आलोचना भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरिएको जानकारी दिनुभयो ।यस्तै, बेरुजु फर्छ्योट मूल्यांकन र अनुगमन समितिको सदस्यसचिवमा रमा जोशी दुलाललाई दुई वर्षका लागि मनोनयन गरिएको छ ।सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका, २०७६ को मस्यौदामा स्वीकृति प्रदान, वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली, २०७७ स्वीकृत गर्नेलगायतका विभिन्न १८ ओटा निर्णयहरु मन्त्रिपरिषद्को सो बैठकले गरेको छ । निर्णयहरु पढ्नोस् :-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *