कपिलवस्तु, विजयनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत प्रदान

२०७७ श्रावण २३, शुक्रबार १६:१४ गते २०७७ श्रावण २३, शुक्रबार १६:१४ गते २०७७ श्रावण २३, शुक्रबार १६:१४ गते

प्रभात न्यौपाने | श्रावण २२ – विजयनगर | विजयनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत प्रदान गरिएको छ । शिवराज नगरपालिका १ र ५ आर्दशनगरको युवा स्टार किशोर संम्बाद केद्र र जलजला किशोरी संम्बाद केन्द्रले सहयोग गरेको हो । उक्त केन्द्रले विजयनगर गाउँपालिका वडा नम्बर ४ त्रिपालनगरमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहित नगद २ हजार ३ सय १५ रुपियाँ सहयोग गरेको युवा स्टार किशोर संम्बाद केन्द्रका अध्यक्ष राजु सुनारले बताउनु भयो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा अपाङ्गता भएका व्यक्ति बढी चपेटामा परेकाले सहयोग गरेको अध्यक्ष सुनारले बताउनु भयो ।आर्दशनगरको युवा स्टार किशोर संम्बाद केद्र र जलजला किशोरी संम्बाद केन्द्रका पदाधिकारीहरुले खाद्यान्न तथा नगद सहयोग गरेको केन्द्रका सचिव सन्तोष बुढाथोकीले जानकारी दिनु भयो ।

लकडाउनका कारण उनीहरुलाई अन्य कुनै निकायबाट सहयोग प्राप्त नभएकाले तत्काल राहत होस भनेर यस विषम परिस्थितिमा समस्या बुझ्दै संम्बाद केन्द्रले सहयोग गरेको बुढाथोकीले बताउनु भयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी विप्लब समुह जिल्ला कमिटीले पनि १ क्युन्टल चामल राहत प्रदान गरेको देब कुमार देबती (देवराज) ले बताउनुभएको छ । कोरोना भाइरसले लकडाउन बढ्दै जादा खाद्यान्न लगायत अति आवश्यक राहतको लागि सम्बन्धित निकाय र सहयोगी दाताबाट अपेक्षा समेत गरेको संबाद केन्द्रले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *