प्रधानमन्त्री ओलीको अंहकारी दुर्योधनको झैं सर्वनाश हुन्छ : नेता रिजाल

२०७७ श्रावण २३, शुक्रबार १६:१६ गते २०७७ श्रावण २३, शुक्रबार १६:१६ गते २०७७ श्रावण २३, शुक्रबार १६:१६ गते

काठमाडौं, २३ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामप्रसाद रिजालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिए ओली र ओलीको गुट पतनको रसातलमा जाने बताएका छन् ।नेता रिजालले पार्टीको निर्णय र विधान अध्यक्ष ओलीलाई पनि लागू हुने भन्दै विधान भन्दा बाहिर गएर पार्टीलाई बाइपास गरे ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाइने बताए ।

रिजालले यसको छिनोफानो यही साउन महिनाभित्रमा भइसक्ने बताए । अहिलेको नेकपाको लडाईँ सत्य र असत्यबिचको हो ।ओलीले जालझेल र असत्यको पक्षमा र प्रचण्ड र माधव नेपालहरु सत्यको पक्षमा रहेका छन्,’ रिजालले पिएनपि खबरसँग भने, ‘प्रधानमन्त्री ओलीलाई अहंकार बढेको छ । ओली नसच्चिए छिट्टै पतनको रसातलमा ओली र उनको टिम भासिनेछ ।’उनले प्रधानमन्त्री ओलीको स्वभाव र गतिविधि महाभारतका अहंकारी पात्र दुर्योधनसँग मिलेको बताए । उनले भने, ‘दुर्योधनको अहंकार र आतंकले ठूलो जनधनको क्षति र दुर्योधनको सर्वनाश भई कौरव कुलकै विनाश भएजस्तै ओलीको अहंकारले ओली र उनको गुटको पनि सर्वनाश हुनेछ ।’एजेन्सी।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *