ओमप्रकाश गुप्ता
सिसहनियाँ १२ माघ । कृषकहरुले आफूले उत्पादन गरेको कृषि उपजले उचित बजारभाउ नपाएको गुनासो गरेका छन् । सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्था लि।राजपुर २ मटेरीयाको आयोजनामा बिहीवार आयोजना गरिएको एक कार्यक्रममा किसानहरुले यस्तो गुनासो गरेका हुन । विउविजन बिक्रेता र राजपुर गाउँपालिका बिच ब्यवसायिक कृषि उत्पादन तथा बजारीकरणका बारे भएको छलफलमा सहभागी किसानहरुले कृर्षी उत्पादन गर्ने किसानहरुले बिभिन्न समस्याका वाबजुद कृर्षी उपजहरु उत्पादन गर्दा समेत भने जस्तो वजार पाउन नसकेको दुखेसो पोखेका छन् ।
उनीहरुले कार्यक्रममा किसानहरुमा बिषादी र बिषनाशक औषधी प्रयोगबारे प्राविधीक जानकारीको कमी हुनु भनेको समयमा मलखाद तथा बिउविजन पाउन नसक्ने साथै विचौलियाका कारण किसानहरु कृषि पेशामा बिभिन्न खालका समस्या झेल्नु परेको भन्दै यस्तो खालको समस्याको अन्त्य हुन आवश्यक रहेको बताएका थिए ।
नेपाल जर्मन समावेशी आर्थिक बिकास कार्यक्रमको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालित फलफूल तथा तरकारी मूल्य श्रृंखला बिकास कार्यक्रम अन्र्तगत ब्यवसायीक कृषि उत्पादन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहजीकरण संस्थाका ब्यवस्थापक पे्रम नारायण न्यौपानेले गरेका थिए । यस अघि सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्था र जि।आइ।जेड।को सहयोगमा राजपुर क्षेत्रका २५० घरधुरीका किसानहरुले बगरमा तरकारी खेती गर्दै आएका थिए ।
संस्थाका अध्यक्ष शालिकराम जैसीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजपुर गाउँपालिकाका कृषि प्राविधिक केशब भुसाल,गढवा हाटबजार समितिका रमेश न्यौपाने, स्थानीयहरु रामछोरे यादव, कृष्ण अधिकारी, कपिलदेव खनाल, विनोद केसी लगायतले बोलेका थिए ।
साथै कार्यक्रममा सहभागी बिभिन्न व्यक्तीहरुले आगामी दिनमा स्थानीय सरकार तथा बिभिन्न सरोकारवाला निकायहरुले कृषकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने गतिबिधी सञ्चालन गर्नु पर्ने बताएका थिए ।
Views: 0