जारको पानीको बढ्यो मूल्य

२०७७ श्रावण २७, मंगलवार ०८:२८ गते २०७७ श्रावण २७, मंगलवार ०८:२८ गते २०७७ श्रावण २७, मंगलवार ०८:२८ गते

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको मूल्य निर्धारण गर्ने घोषणा गरिरहँदा विभागकै केही कर्मचारी भने खुसी थिएनन् । उनीहरू जारको पानीको मूल्य बढेकोमा दुःखी देखिन्थे ।‘एक जारको ३५ रुपैयाँ तिर्दै आएका थियौं । अब प्रतिजार ५० रुपैयाँ तिनुपर्ने भयो,’ विभागका एक कर्मचारीले भने, ‘हाकिमहरूले खाने बोतलको पानीको मूल्य घट्यो, हामी सर्वसाधारणले प्रयोग गर्ने जारको बढ्यो ।’विभागका अनुसार मुलुकमा ३ सयभन्दा बढी कम्पनीले पानी उत्पादनका लागि इजाजत लिएका छन् ।

ती प्रायः कम्पनीले उत्पादन गरेको पानी उपभोक्तासम्म पुग्दा औसतमा ३५ देखि ४० रुपैयाँसम्म पर्छ । विदेशी कम्पनीहरूको हकमा करिब १ सय रुपैयाँसम्म पर्छ । तर सर्वसाधारणले स्वदेशी कम्पनीकै पानी प्रयोग गर्ने भएकाले एउटा जारको मूल्य औसतमा ४० रुपैयाँ पर्छ । तर व्यवसायीको मिलोमतोमा उपभोक्तालाई भार पर्ने गरी जारको पानीको मूल्य बढाइएको छ । प्रशोधित पानीको जारको अधिकृतम खुद्रा मूल्य ५० रुपैयाँ र बोतलका अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ प्रतिबोतल निर्धारण गरिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *