एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब झन्डै दुई महिना भइसकेको छ । तर, हरेक दिन उनको मृत्युसँग सम्बन्धित नयाँ नयाँ जानकारी बाहिर आइरहेको छ । फेरि अहिले नयाँ आएको जानकारी हो– सुशान्तको खाताबाट २८ लाख भारतीय रुपैयाँ निकालिएको छ ।
अब प्रश्न उठेको छ– यो पैसा कसले निकाल्यो त ? सुशान्तको बैंक खाताबाट एकै दिनमा सात लाख रुपैयाँसम्म निकालिएको छ । योमध्ये पाँच लाख चेकबाट र दुई लाख एटिएमबाट निकालिएको छ । एटिएमबाट २०–२० हजार गर्दै २ लाख निकालिएको भारतीय मिडियाले जनाएका छन् ।१३ नोभेम्बरदेखि २१ नोभेम्बरसम्म यो रकम निकालिएको मानिएको छ ।तर, यो पैसा कसले निकाल्यो भन्ने अहिलेसम्म बाहिर आएको छैन । त्यसो त सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0