रिचार्जरमा मोबाइल किन्दा खसी उपहार

२०७५ आश्विन १६, मंगलवार १२:३२ गते २०७५ आश्विन १६, मंगलवार १२:३२ गते २०७५ आश्विन १६, मंगलवार १२:३२ गते

रिचार्जरमा मोबाइल किन्दा खसी उपहारकाठमाडौं। दशैंको अवसरमा मोबाइल एप रिचार्जरले मोबाइल किन्दा खसी उपहार योजना शुरु गरेको छ । रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई दशैंमा रिचार्जरले खशी उपहार दिने भएको हो ।

‘दशैंको खसी घरमै बसी बसी’ योजना असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । यो योजनामा सहभागि हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्नुपर्नेछ । यसअवधिमा एप मार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोला प्रथामार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए ।

यो योजना सीमित ब्रान्डका मोबाइल फोनमा मात्र लागू हुने रिचार्जरले जनाएको छ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेज मार्फत लाइभ घोषणा गरिने छ । साथै रिचार्जर एप मार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौं उपत्यकाको चक्रपथभित्र तीन घण्टाभित्र डेलिभरी गर्ने रिचार्जरले बताएको छ ।

तीन घण्टाभित्र सामान डेलिभरी गर्दा केही अतिरिक्त शुल्क लाग्ने छ । रिचार्जर एप मार्फत अर्डर गरिएका जुनसुकै सामान २४ घण्टाभित्र ग्राहकलाई उपलब्ध गराउने कम्पनीको दाबी छ । २४ घण्टाभित्र सामान डेलेभरी गर्दा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।
karnalinews

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *