विश्वभर ५९ हजार ४११ नेपाली कोरोना संक्रमित

२०७७ श्रावण ३२, आईतवार ०८:३३ गते २०७७ श्रावण ३२, आईतवार ०८:३३ गते २०७७ श्रावण ३२, आईतवार ०८:३३ गते

लन्डन। कोरोना भाइरसबाट विश्वभर ५९ हजार ४११ नेपाली संक्रमति भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका हुन्।संक्रमितमध्ये ८३ प्रतिशत अर्थात ४८ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएको संघका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बतए। संघले कोभिड–१९ संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर हुँदै गएको समेत जनाएको छ।

यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य छ। हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोभिड–१९ का कारण निधन भएको छ। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायतका देशमा रहेका नेपालीहरूको ज्यान हो। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *