बिरगंज , भदौ ०२ गते मंगलवार । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले २० केजि लागू औषध चरेस बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङको नेतृत्वमा रहेको टोलीले २० केजिो लागु औषध चरेस बरामद गरेको हो ।पर्साको सिमावर्ती जगरनाथपुर गाउपालिका वडा न.२ दसवताबाट गएराती यति ठुलो मात्रामा लागु औंषध चरेस बरामद गरेको तामाङले बताए ।
नेपालको मुडली टिनडोबियाबाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा गुप्त सुचनाको अाधारमा सशस्त्र प्रहरीले ३८ पोकामा रहेको २० केजि लागु औंषध चरेस दसौता गाउँ नजिकबाट बरामद गरेको हो। चरेस तस्करहरुले प्रहरीलाई देख्नासाथ चरेसको पोका फालेर भागेका थिए ।बराम्मद भएकाे चरेस ईलाका प्रहरी कार्यालय पाेखरियामा बुझाईएको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जनाएका छन ।
Views: 0