चरित्र हत्याका लागि भ्रमको खेती फैलाईयो : सांसद तामाङ

२०७७ भाद्र ४, बिहीबार ११:२३ गते २०७७ भाद्र ४, बिहीबार ११:२३ गते २०७७ भाद्र ४, बिहीबार ११:२३ गते

रसुवा, ३ भदौ । वागमती प्रदेशका सांसद प्रेम तामाङले आफ्नो चरित्र हत्या गर्नका लागि इडिईभी अनलाइन पोर्टलमा लेखिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।सांसद तामाङले आज एक विज्ञप्ती जारी गरी केही दिन अगाडिदेखि राजनीतिक पूर्वाग्रह साँधेर सामाजिक सञ्जालमार्फत भ्रमको खेती भइरहेको भन्दै ध्यानाकर्षण गर्नुभएको हो ।“इडिईभी नामक कथित अनलाइन खबरले पोस्ट गरेको तथ्यहिन, ,असत्य ,झुठो र भ्रामक समाचारको पछि लागेर समयलाई महत्वहिन बनाउन म चाहन्न थिए तर पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरो इन्चार्ज को नामबाट प्रेषित विज्ञप्तिले भने मलाई गम्भीर बनाएको छ,”–विज्ञप्तीमा भनिएको छ ।

सांसद तामाङले ईन्द्र सापकोटा सँगको अडियो मा कुरा गरेको आवाज आफ्नो नभएको भन्दै प्रविधिको विकास उच्चतम ढंगले भएको वर्तमान अवस्थामा निष्पक्ष अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन अनुरोध समेत गर्नुभएको छ ।“ईन्द्र सापकोटासँग मेरो कयौँ छलफलका विषयहरू हुन सक्लान् उनीसँग कुरा गर्न मैले नेपाल कम्युनिस्ट पार्टीको शक्ति दुरुपयोग गर्नै पर्दैन किनभने उनीसँग मेरो बारम्बार फोन सम्पर्क र भेटघाट भइरहेको छ,”–सांसद तामाङले भन्नुभयो ।

उहाँले राजनीतिक यात्राको क्रममा आफ्नो सम्पूर्ण समयहरु जनताकै सेवामा समर्पित रहेकाले जनतासँगको सुमधुर सम्बन्ध विकसित सुन्दर समृद्ध रसुवा निर्माण गर्ने हाम्रो टिम लक्ष्य र खटाइ देखेर अत्तालिएका जनविरोधी तत्वले एउटा कमजोर पात्र र बिषयलाइ हतियार बनाई आफ्नो लक्ष्य हासिँल गर्न खोजेको उल्लेख गर्नुभयो ।
सांसद तामाङले पत्रकारिताको आचार संहिता विपरीत झुठा ,भ्रामक असत्य र तथ्यहिन समाचार सम्प्रेषण गरि आम रसुवावासीलाई दिग्भ्रमित पार्ने खेल भएको बताउनुभयो ।

पत्रकारिता जस्तो गरिमामय र मर्यादित पेशाकै बदनाम हुने गरि ईडिईभी अनलाइनको प्रयोग गरेर हामीलाई सिध्याउने असफल र अपराधीक प्रयास मात्र भएको उहाँको भनाई छ ।सांसद तामाङले आफ्नो चरित्र हत्या गरि राजनीतिक जीवन सिध्याउने मात्र होइन भौतिक रुपमा नै समाप्त गरि आफ्नो फोहोरी राजनीतिक अभिष्ट पूरा गर्ने दिवास्वप्न देखिरहने केहि अदृश्य शक्ति पर्दा पछाडि बाट निकै कसरत गरिरहेको उल्लेख गर्नुभयो ।उहाँले आफ्ना विरुद्धमा छरिएका भ्रमहरुका बारेमा सत्यतथ्य कुरा जनताको बिचमा पु¥याउन, दोषीलाई कारबाही गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गर्नुभएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *