वीरगन्ज, भदौं ०५ गते शुक्रबार । पर्सा जिल्लामा कोरोना रोकथामको लागी साउन १० गते देखि जारी निषेधाज्ञा लम्बिए पछि गरिब,आसहाय तथा मजदुरलाई खाना खुवाउन नेविसंघ ठाकुर राम एकाई समिति अगाडी सरेको छ ।  नेविसंघ ठाकुर राम बहुमुखि क्याम्पस एकाई समितिका अध्यक्ष मनोज साहले एकाई समितिको अगुवाईमा शुक्रबार देखि गरिब,आसहाय तथा मजदुरहरुलाई नियमित खान खुवाउने निर्णय गरेको वताउनुभयो ।

यो मानविय कार्यको शुरुआत नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्सा र ठाकुर राम एकाई कार्य समितिको सन्युक्त आयोजनामा राकेश यादवको निर्देशनमा जिल्ला अध्यक्ष बिकास तिवारी र एकाइ अध्यक्ष मनोज साहको नेतृत्वमा नेपाल विद्यार्थी संघले आजबाट शुरु गरिएको छ ।  लकडाउन नखुलुन्जेल सम्म खाना वितरण हुने ठाकुर राम एकाई समितिका अध्यक्ष मनोज साहले बताए । साथै कहि कतै कोही भोको भए जानकारी गराउनु अपिल गर्दै नेविसंघले भोका भएको स्थानमा खाना खुवाउन पुग्ने बताएको छ । समितिले घण्टाघर,पानमण्डी,बस पार्क,नेशन मेडिकल कलेज लगायतको एरियामा खान बितरण गर्न लागेको अध्यक्ष साहले बताउनुभयो ।

वितरण कार्य प्रत्येक दिन नियमित रुपमा हुने तथा प्रत्येक दिन १०० जनालाई खाना खुवाउने लक्ष्य लिइएको साहले बताए । एक छाक दाल,भात, तरकारी र पानीको बोतल प्याक, गरेर गाडी मार्फत गरिब,मजदुर,रिक्सा तथा ठेला चालकहरु वस्ने क्षेत्रमा वितरण गर्ने उदेश्य लिएको अध्यक्ष साहले बताए ।  आज खाना वितरणको पहिलो दिन घण्टाघर,पानमण्डी,बस पार्क,नेशन मेडिकल कलेज लगायतको क्षेत्रमा खाना वितरण गरिएको छ । खाना वितरण कार्यमा नेविसंघका विद्यार्थी नेताहरु अन्जन गुप्ता,राहुल गुप्ता,रन्जन गुप्ता,राजा साह,चन्दन सिंह,दिपेश श्रीवास्तव,केशव मिश्रा,अभय कर्ण तथा नेविसंघका पूर्व अध्यक्ष राकेश साह लगायतको विशेष सहयोग रहेको अध्यक्ष साहले वताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *