कपिलवस्तु, विजयनगरको विशवा खोलामा पुल बन्नेभएपछि स्थानीय हर्षित

२०७७ भाद्र ७, आईतवार २१:५४ गते २०७७ भाद्र ७, आईतवार २१:५४ गते २०७७ भाद्र ७, आईतवार २१:५४ गते

राम प्रघट कोरी।  भदौँ ७ –कपिलवस्तु।  कपिलवस्तुको विजयनगर गाउँपालिकाकोे विशवा खोलामा पुल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. १ मा पर्ने नेवलगञ्ज विशवा खोलामा पुल बन्न लागेको हो । गाउँपालिकाको सुदुर पश्चिममा भौगोलिक बनोटले अति विकट क्षेत्रमा पर्ने विशवा खोलामा पुल निमार्ण हुन लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।  पुल बन्न लाग्दा वर्षौँदेखि समस्या झेल्दै आएका समस्याबाट मुक्त हुने स्थानीयहरुले बताएका छन् । वर्षायाममा पुल नभएको बेला कपिपयले ज्यानसमेत गुमाउनु परेको थियो र अब उक्त समस्याले अकालमै कसैले पनि ज्यान गुमाउनु नपर्ने स्थानीय कृपाल चौधरीले बताउनुभयो ।

यसरी गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विशेष सक्रिय भई यस ठाउँको पिडा बुझि पुल बनाउनको लागि अहम भुमिका निर्वाह गरेर योजना पार्नुभएकोमा गाउँलेले धन्यवाद दिएका छन् ।  लामो समयको अन्तरालपछि गाउँपालिकाको पहलमा विशवामा खोलामा पुल बन्नेभएपछि धेरै नै हर्षित भएको एक अर्का स्थानीय हरि नारयण चौधरीले बताउनुभयो । ‘पुल नहुँदा आवतजावत गर्न, छोराछोरीलाई विद्यालय पठाउन निकै समस्या थियो, बाढी आउँदा घण्टौसम्म कुरेर बस्नुपर्ने बध्यता हट्नेभयो’ चौधरीले सुनाउनुभयो । विशवा खोला भई जवाबैराठ, नेवलागञ्ज, गोबरहवा, नौडिहवा, तिलकहवा, मधनगरा लगायत दर्जनौ गाउँका मुख्य बाटो भएको बताइएको छ ।
एसेटिक एनबी.जेभी. निमार्ण व्यवसायी बुटवल रुपन्देहीले पाएको उक्त पुलको ठेक्का असार २६ गते सम्झौता भई २०७८ फागुन मसान्तसम्म सम्पन्न गरिने ईन्जिनियर तिलक बहादुर गाहाले जानकारी दिनुभएको छ । ३ करोड ८४ लाखको लागतमा पुल बन्न लागेको उहाँले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *