कोरोनाको संकटमा डिजिटल सञ्चार माध्यमको विश्वासनीयता आवश्यक

२०७७ भाद्र ८, सोमबार २३:१८ गते २०७७ भाद्र ८, सोमबार २३:१८ गते २०७७ भाद्र ८, सोमबार २३:१८ गते

न्युयोर्क । कोरोना संक्रमणका कारण छापा संचार माध्यमहरु धमाधम बन्द भइरहेकाले डिजिटल सञ्चार माध्यमको विश्वासनीयताका लागि उच्चतम् प्रविधि अपनाउनुपर्ने एक कार्यक्रमका बक्ताहरु धारणा राखेका छन् ।गिरिजाप्रसाद कोइराला फाउन्डेसन(जिपी फाउन्डेसन)अमेरिकाले आयोजना गरेको एक जुम अन्तरक्रियामा विश्वका राजनीतिज्ञ तथा संचार विज्ञहरुले कोरोना संक्रमणका कारण उच्च प्रविधि नपनाए सिंगो पत्रकारिता नै धरापमा पर्ने कुरामा जोड दिए ।

फाउण्डेसनका अमेरिका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संकटको बेला पत्रकारिताको भुमिका अन्यको भन्दा प्रभावकारी हुने भएकाले सञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए।उनले छापा माध्यमको वितरणमा समस्या भइरहेका कारण पनि अनलाइन सञ्चार माध्यमहरुलाई विश्वासनीय बनाउन जरुरी रहेको बताए।कार्यक्रममा फाउडेसनकी केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले कोभिड–१९ ले विश्वमै छापा माध्यममा संकट आएकाले डिजिटल प्रविधिलाई प्रयोग गरेर सुचना प्रवाह गर्न जरुरी रहेको बताइन्।

उनले कोरोना महामारीका कारण रोजगारी गुमाउनेहरुको संख्या धेरै रहेकाले त्यसतर्फ पनि सोच्ने बेला आइसकेको बताइन्।नेपालमा कोरोना संक्रमणबाट झण्डै ४५ जना पत्रकार प्रत्यक्ष प्रभावित बनेको र संक्रमण बढ्दै जाँदा नेपालमा झण्डै दुई हजार सञ्चारकर्मीहरु बेरोजगार भएको पनि कार्यक्रममार्फत जानकारी गराइयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, द इन्डियन परोरामाका प्रधान सम्पादक डा. इन्द्रजित सलुजा, रिपव्लिक टिभी गुजरातकी प्रियंका शर्मा, स्पेनकी इन्ड्रेला वीन, वीबीसी अन्तर्राष्ट्रिय विष्लेषक आशिष रोय, सनम अरोरा, जोर्डनकी महिला पत्रकार फरदुस असकर, वाल स्ट्रीट न्युज एजेन्सीका जिउयाङ मिङले आफ्नो धारणा राखेक कार्यक्रममा अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार मुकुन्द सुवेदीलगायतले कोरोना संकटका बेला प्रविधि मार्फत पत्रकारिताको जगेर्ना गर्न विश्वका सञ्चारकर्मीहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *