किन गरिन्छ साष्टांग प्रणाम ? के हो यसको महत्व ?

२०७७ भाद्र ८, सोमबार २३:२१ गते २०७७ भाद्र ८, सोमबार २३:२१ गते २०७७ भाद्र ८, सोमबार २३:२१ गते

हिन्दूहरूमा प्रणामको आफ्नै महत्व छ। मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो।यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ । आठवटा अंगसहित गरिने प्रणाम भएकाले सा-षंग भनिएको हो ।यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन्। धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको लक्षण हो ।महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको गर्भ र वक्षस्थलले जमिनलाई स्पर्श गर्न हुँदैन । एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि वक्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा दबाउन नहुने मान्यता हो ।आधुनिक मानिसलाई त यो आसन पुरानो रूढी मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अहंकार त्यागलाई प्रतीक बनाउँछ। अहंकारलाई त्यागेर ईश्वरप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ । -एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *