अण्डा चोरेको आरोपमा कुटपिट

२०७७ भाद्र ८, सोमबार २३:२६ गते २०७७ भाद्र ८, सोमबार २३:२६ गते २०७७ भाद्र ८, सोमबार २३:२६ गते

धनगढी : अण्डा चोरेको आरोपमा दलित समुदायका पुरुषमाथि निर्घात कुटपिट भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–११ का जोकहियाका रमेश तिरुवा अण्डा चारीको आरोपमा कुटिएका हुन्। उनलाई स्थानीय विवेक फोल्र्टी फर्मका संचालक विवेक भट्ट लगायतको समूहले अण्डा चोरी गरेको भन्दै कुटेका हुन्।

रातभर कुखुरा फार्ममा थुनेर तिरुवालाई गम्भीर घाइते हुनेगरी कुटिएको छ। तिरुवाको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । अण्डा किन्न गएका तिरुवालाई नियन्त्रण गरी रातभर कुटपिट गरेपछि बिहान मात्रै घटना सार्वजनिक भएको थियो। ‘आइतबार बेलुका मेरा दाइ कुखुराको अण्डा किन्न भनेर फार्ममा गएका थिए,’ घाइतेकी बहिनी जानकी तिरुवाले थाहा खबरसँग भनिन्, ‘रातभर खोरमा थुनेर कुटेर गम्भीर घाइते बनाएका रहेछन्, बिहान थाहा पायौं।’

रातभर पोल्ट्री फर्ममै राखेर कुटपिट गरी बिहान मात्रै घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेको घाइते तिरुवाकी बहिनीले बताइन्। उनले आफूहरुलाई दलित भएकै कारण झुट्टा आरोप लगाएर कुटपिट गरेको र कुट्नेलाई कानुन कारबाही गर्न पनि माग गरेकी छन्। घाइते तिरुवाको अहिले धनगढीको नोभा अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिट गर्नेलाई पक्राउ गरिएको र आवश्यक कारबाही थालिएको बताएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *