काठमाडौं १० भदौ | केहि समय पहिले छोटो टिजर रिलिज गरिएको लोकदोहोरि गित ” मैना राजा मैना रानि”को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
चर्चित लोकदोहोरि गायिका बिष्णु माझि र चर्चित लोक दोहोरि गाएक रिषि खड्काको स्वरमा सजिएको उक्त गितमा साया भण्डारि र रमेश हमाल ठकुरिले अभिनय गरेका छन । बिनोद बाजुरेलिले एरेन्ज गरेको यो गितको रेकर्ड राजेन्द्र बाजुरेलिले गरेका हुन ।उक्त गितको अडियो ,भिडियो सप्तरिषि म्युजिक प्रा.लि ले सार्वजनिक गरेको हो ।दिपक गिरि र टिमले छायाँकन गरेको ” मैनाराजा मैनारानि” को सम्पादन अमृत चापागाइले गरेका हुन भने भिएफेक्स चाहि सत्यम रानाले गरेका हुन ।
जनता डिजिटल एण्ड फिल्म्सको पोस्ट प्रोडक्सनमा रहेको लोक दोहोरि गित ” मैना राजा मैना रानि ” को निर्देशन चाहि चर्चित निर्देशक सिर्जन बरालले गरेका हुन । राजपरिवारको प्रेममा अाधारित कथामा निर्माण गरिएको उक्त गितको अडियो भिडियो अति नै उत्कृष्ट बनेको निर्देशकको भनाइ छ । ” हामिले सकेजति पुरै मेहेनेत गरेर भिडियो उत्कृष्ट बनाएका छौँ र दर्शकहरुले यो मेहेनेतलाइ अपार माया गरिदिनुहुनेछ भन्ने कुरामा ढुक्क छु ” , मोडल साया भण्डारिले प्रस्ट मिडियालाइ भनेकि थिइन । नेपालको सौन्दर्य र पर्यटकिय छेत्र मुस्ताङ्ग र एेतिहासिक एला दरवारलाई नि समेटेको मोडले हमाल बताउँछन । भिडियो :
Views: 0