पब्लिक कलेज सहिद स्मारकमा बेतलवी बिदाको निर्णय

२०७७ भाद्र १३, शनिबार १४:०८ गते २०७७ भाद्र १३, शनिबार १४:०८ गते २०७७ भाद्र १३, शनिबार १४:०८ गते

चितवन। चितवन जिल्ला भरतपुर म.न. पा वडा नं १९ मा रहेको एकमात्र पब्लिक कलेज सहिद स्मारक कलेज शारदानगर लेअाफ्ना प्राध्यापक तथा कर्मचारीहरुलाई लकडाउन अवधिको (चैत, बैसाख,जेठ र असार महिनाको )तलव भत्ता समेत नदिई साउन महिना देखि लागू हुनेगरी बेतलवी बिदाको निर्णय गरेर कलेज बन्द गरेको छ । त्रिभुवन बिश्वबिद्यालय ले साउनको ७ गतेदेखि कलेज खोल्न तथा हाजिरी गराउन दिएको निर्देशन अनुसार सबै कलेजहरुले अाफ्ना प्राध्यापक तथा कर्मचारी हरुलाई हाजिरी गराईरहेको अवस्थामा यश कलेजले विश्व बिद्यालय ले दिएको निर्देशन समेत अवज्ञा गर्दै कलेज बन्द गरिएको हो ।

यस निर्णयले सो कलेजमा कामगरी अाफ्नो जीवन धानिरहेका करिव ३५ जना प्राध्यापकहरु तथा कर्मचारीहरु पिडत भएका छन्। पश्चिम चितवनको गौरवको रुपमा रहेको एकमात्र कलेजको ब्यवस्थापन पक्ष पनि अनौठो खालको छ । कलेज स्थापना भएदेखि निरन्तर रुपमा करीव २५ एउटै ब्यवस्थापन समिति रहिरह्यो । २५ बर्ष पछि भने अध्यक्ष फेरिएका छन् भने अन्य सदस्य हरु पुरानै अनुहार छन्। करिब १५ बर्ष सम्म क्याम्पस प्रमुख पनि फेरिएका छैनन्। पब्लिक कलेज भएपनि कलेज ले अाफ्नो अायब्ययको वार्षिक प्रतिबेदन सार्वजनिक नगरेको पनि ४/५ बर्ष भै सकेको छ । यो कलेजलाई कांग्रेसीहरुको कलेज पनि भन्ने गरिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *