कपिलवस्तुमा पुन: निषेधाज्ञा थप

२०७७ भाद्र १५, सोमबार २२:०३ गते २०७७ भाद्र १५, सोमबार २२:०३ गते २०७७ भाद्र १५, सोमबार २२:०३ गते

कपिलवस्तु। बैंक तथा वित्तिय संस्था खुल्ने कपिलवस्तु जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि एक हप्ता का लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार कोरोना भाइरस संकट व्यवस्थापन समितिले बैठक बसेर भदौ १५ गतेदेखि भदौं २२ गते राति १२ बजेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ८ देखी १० बजे सम्मको समय छुट्याइएको छ भने बैंक तथा वित्तिय संस्थाका लागि बिहान १० बजे देखी दिउँसो १ बजे सम्मको समय तोकिएको छ। अत्यावश्यक वस्तु ढुवानी गर्ने साधन, एम्बुलेन्स र शवबाहनलाई जिल्ला भित्र रोक्न, चढ्न ओराल्न र झार्न नपाउने गरि संचालन गर्न दिइएको छ । उद्योगधन्दा, कलकारखानालाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्यूनतम मापदण्ड अपनाएर संचालन गर्न दिइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *