मुस्लिम समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण

२०७७ भाद्र १५, सोमबार २२:०७ गते २०७७ भाद्र १५, सोमबार २२:०७ गते २०७७ भाद्र १५, सोमबार २२:०७ गते

कृष्णनगर, भाद्र, १५। पिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को लाइब्रेरीमा मुस्लिम समुदायका अगुवाहरूको बैठक सम्पन्न भएको छ ।विश्व मा महामारी को रूपमा फैलिएको (COVID-19) कोरोना भाइरस का कारण नेपालमा समेत यस्को संक्रमण ले मानिसहरुको मृत्यु भइरहेको छ ।
प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मशहुद खां नेपाली को भनाइनुसार हिजो बुटवलमा उपचारका क्रममा रहेका (अब्दुल्ला होटल बुटवल) का संचालक तवहिद अन्सारी (COVID-19) कोरोना भाइरसका कारण मृत्यु भएको र मुस्लिम समुदायको परम्परा अनुसार अन्तिम संस्कार परीवार ले गर्न नपाएको प्रति खा ले दुख व्यक्त गर्दै मुस्लिम समुदाय मा आक्रोश समेत रहेको र अब उपरान्त( COVID -19) कोरोना भाइरस का कारण प्रदेश नं ५ मा कुनै मुस्लिम समुदाय को व्यक्ति को मृत्यु भएमा घर परिवार को माग अनुसार अन्तिम संस्कार का लागि स्वास्थ्य सुरक्षाको मापदंड अपनाई स्लाम धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने मा मुस्लिम समुदायको ध्यानाकर्षण भएको बताउनुभयो ।

नेकपा का केन्द्रीय सदस्य तथा मुस्लिम संगठन नेपाल का केन्द्रीय अध्यक्ष सिराज फारूकी ले उहांको मृत्यु प्रति दुख व्यक्त गर्दै मुस्लिम समुदायको धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने बताउदै मुस्लिम समुदायको धर्म र संस्कृति अनुसार उहांको अन्तिम संस्कार नभएको प्रति मुस्लिम समुदायमा आक्रोश रहेको बताउनुभयो
राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि ले मुस्लिम धर्म संस्कृति अनुसार शव को अन्तिम संस्कार गर्न पाउनुपर्ने हाम्रो अधिकार समेत रहेको बताउदै उक्त अधिकार लाई कसैको हस्ताक्षेप सहन न हुने कुरा बताउनुभयो । जामिया सिराजुल उलुम तथा राष्ट्रीय मदरसा संघ का संस्थापक शमिम अहमद नदवी ले उहांको देहांत प्रति दुख व्यक्त गर्दै परिवार ले आफ्नो धर्म संस्कृति अनुसार शवको अन्तिम संस्कार गर्न नपाउनु दुखद रहेको र यस्तो कार्य मुस्लिम समुदायको धर्म र संस्कृति माथी प्रहार भएको बताउदै अब उपरांत त्यस्तो कार्य सहन हुन न सक्ने जिक्र गर्नुभयो । तौहिद सेन्टर कृष्णनगर का अध्यक्ष अब्दुल अजिम मदनी ले उहांको देहांत प्रति दुख व्यक्त गर्दै दुखद परिवार लाई अल्लाह ले धैर्य धारण गर्ने क्षमता प्रदान गरून् भन्ने भाव व्यक्त गरे ।उक्त बैठकमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपाल का सदस्य अब्दुल सलाम, साहिद अहमद, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मौलाना सहाबुद्दीन खान लगायत अन्य को उपस्थित रहेको र  उपस्थित रहेका ब्यक्तिहरुले सामाजिक दुरीलाई ध्यानमा राख्दै मास्क र सेनिटाईजर को सदुपयोग गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *