आज २५ औं तामाङ चलचित्र दिवस अध्यक्ष थोकरले दिए शुभकामना सन्देश : हेर्नुहोस विज्ञप्ति सहित

२०७७ भाद्र १६, मंगलवार १७:२८ गते २०७७ भाद्र १६, मंगलवार १७:२८ गते २०७७ भाद्र १६, मंगलवार १७:२८ गते

काठमाडौँ १६ भदौ | तामाङ चलचित्र दिवसको अवसरमा तामाङ चलचित्र संघ नेपालकाे अध्यक्ष विकु बहादुर थाेकर तामाङले एक विज्ञप्ती निकालेर संक्रमणको समयमा धैर्यताका साथ तामाङ चलचित्र क्षेत्रलाई माया गर्नु हुने सम्पुर्ण दर्शक तथा स्रोताहरुमा शुभकामना व्यक्त गरेका छन् ।

यस्तो छ शुभकामना संदेश….तामाङ चलचित्र निर्माण भएको आज २५ वर्ष पुगेको छ । २०५२ सालमा जयनन्द लामा ज्युद्वारा निर्देशित तामाङ भाषाको चलचित्र(सेमरी छोरङान)तामाङ चलचित्र इतिहासकै पहिलो तामाङ चलचित्र हो,सोही चलचित्र २०५३ साल भाद्र १६ गते शनिबार रसियन कल्चर काठमाण्डौमा प्रदर्शन भएको थियो भने त्यसै दिनलाई तामाङ चलचित्र संघले प्रदर्शन दिवसको रुपमा औपचारिक कार्यक्रम गरेर मनाइ रहेको छ ।

प्रत्येक वर्ष चलचित्र क्षेत्रमा निरन्तर योगदान दिदै आइरहेको चलचित्रकर्मीलाई सम्मान गर्दै आएको सम्पूर्णमा सर्वबितितै छ,यस वर्ष भने नोबेल कोरोना भाईरस कोभिड १९ कोरोना भाइरसको कारण कुनै पनि कार्यक्रमहरु गर्न नसके पनि प्रदर्शन दिवसलाई पहिलो तामाङ चलचित्र(सेमरी छोरङान)आज भाद्र १६ गते भादगाउँ टेलिभिजनमा दिनको १:०० बजे प्रदर्शन गर्न लागेको र अन्य कुनै कार्यक्रमहरु भने नगर्ने कुरा सम्पूर्णमा जानकारी गर्दछौ।

हाल सम्मको संख्यात्मक निर्माणलाई मध्यनजर गर्ने हो भने १६० भन्दा धेरै चलचित्रहरु निर्माण भैसकेको छ,तामाङ चलचित्र संघकै आयोजनामा चलचित्र निर्माण,कार्यशाला गोष्ठी, सम्मान,चलचित्र महोत्सव,अवार्ड र नीति निर्माणको सावलमा तामाङ चलचित्र संघ निरनतर लागि परी रहेकै छ। हाल नोबेल कोरोना भाईरस कोभिड १९ लाई विश्वले सामना गरी रहने क्रममा तामाङ चलचित्रकर्मी पनि त्यस बाट अछुतो रहेन कोभिड १९ कै बबजुत पनि आफ्नो कर्मकार्य निरन्तर लागि पर्दै समाजमा सकरात्मक सन्देश प्रबाह गर्ने सम्पूर्ण चलचित्रकर्मीलाई हार्दिक बधाई एवम तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। तामाङ चलचित्र संघ नेपालकाे अध्यक्ष विकु बहादुर थाेकर तामाङले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *