पुर्वाधार विकास निर्माणमा जोड : मेयर शाह

२०७७ भाद्र २२, सोमबार १३:३७ गते २०७७ भाद्र २२, सोमबार १३:३७ गते २०७७ भाद्र २२, सोमबार १३:३७ गते

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरपालिकाले स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा जोड दिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । सडक पूर्वाधार र अस्पताल स्तर बृद्धिका लागि करोडौंको बजेट विनियोजन गरिएको र केहिको टेण्डर आह्वान समेत गरेको उहाँले बताउनु भयो ।नगरपालिकाले बहादुरगंजमा रहेको नेपालकै दोस्रो पुरानो अस्पताल शिवराज अस्पतालको स्तर वृद्धिका लागी १५ शैयाको भवन निर्माण गर्ने नगर प्रमु्ख रजत प्रताप शाहले बताउनु भयो । १५ शैयाको भवन निर्माणका लागि नगरले २ करोड र अप्रेशन कक्षका लागी ५० लाख बजेट छुटाएको जानकारी दिनु भयो । नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता भएका कारण स्वास्थ्य क्षेत्रलाईको विकासलाई जोड दिएको उहाँले बताउनु भयो ।

नगरपालिकाले नगरको प्रमुख बजार र भारत सिमा संग जोडिएको बजार कृष्णनगर बजारको सडक स्तरउन्नती पनि यो बर्ष गर्ने भएको छ । कृष्णनगर बजार क्षेत्रको सडक , सडक विभागले बनाउन नमाने पछि नगरपालिकाले आफ्नै बजेटले सडक स्तर उन्नती गर्ने भएको हो । जसका लागी नगरपालिकाले बजार भित्रको सडक निर्माणका लागी ४ करोड २० लाख बजेट विनियोजन गरी टेण्डर समेत अव्हान गरि सकेको छ । यस्तै वडा नं. ८ र ९को संयुक्त वडा कार्यालय भवन निर्माणका लागी १ करोड ४६ लाख बजेट विनियोजन गरी टेण्डर आह्वान गरिएको नगर प्रमुख शाहले बताउनु भयो । एकै पटकमा वा एकै आर्थिक बर्षमा आमूल परिर्वतन हुन नसक्ने परिर्वतनका लागी समय लाग्ने भएको नगरपालिकामा पनि अहिले विकास निर्माण भइरहेको शाहले बताउनु भयो । सबै कुरामा सुधार क्रमिक रुपमा हुदै गइरहेकोले जनताले चाहेको जस्तो विकास र परिर्वतन आफ्नो कार्यकाल अवधीमा पुरा गरिछाड्ने शाहले ढृढता व्यक्त गर्नु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *