कोरोना महामारीले बदलिएका सरकारी शिक्षक

२०७७ भाद्र २९, सोमबार ०८:३४ गते २०७७ भाद्र २९, सोमबार ०८:३४ गते २०७७ भाद्र २९, सोमबार ०८:३४ गते

गुल्मी, भदौ २९ । गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश थापा हिजोआज कम्प्युटरका ‘किबोड’सँग निकै खेलिरहेका छन्। अर्थात् उनी ‘टाइपिङ’ सिकिरहेका छन्। कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि उनको दिनचर्या फेरिएको हो।कक्षाकोठामा ‘ह्वाइट बोर्ड र मार्कर’ सँग खेल्ने उनी अहिले कम्प्युटरमा झुम्मिन थालेका हुन्। भन्छन्, ‘खाली समयमा आफूलाई कम्प्युटरमा ‘अपग्रेड’ गर्दै छु। ‘टाइपिङ स्किल’ बढाउँदै छु। पहिले ‘प्रिती फन्ट’मा काम गर्थें। अहिले युनिकोड पनि सिक्दै छु।’

यसबीच उनले आफू मात्र होइन, सहकर्मीहरूलाई पनि कम्प्युटरमा ‘अपग्रेड’ हुन सल्लाह दिएका छन्। ‘शिक्षकहरूले पनि विद्यालयमा आएर कम्प्युटरसम्बन्धी चासो राख्नुभयो। केही सिक्नुभयो। कतिपयलाई ‘अन अफ’ गर्नमै समस्या थियो। अब त्यो समस्या रहेन,’ प्रधानाध्यापक थापाले सुनाए।उनले कम्प्युटरमा मात्र ध्यान दिइरहेका छैनन्, अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन्। उनले यो अवधिमा विभिन्न पुस्तक पढे। ‘मैले पाठ्यक्रम बाहिरका किताब पनि पढें,’ उनले भने, ‘कुनै किताब साह्रै मन परेर तीन पटकसम्म पनि पढें।’

यसो भनेर उनी मानसिक श्रममा मात्रै सीमित भएका छैनन्, शारीरिक श्रममा पनि उत्तिकै सक्रिय भइरहेका छन्। घरभित्रदेखि खेतबारीसम्मका यसबीच उनले गर्न भ्याए। ‘टनेल बनाएर तरकारी लगाइयो,’ लकडाउन अवधिको अनुभव सुनाउँदै उनले भने, ‘व्यावसायिक त होइन, खानलाई उब्जाइयो।’लामो समय विद्यार्थीसँग टाढा हुँदा कस्तो अनुभव हुँदो रहेछ? जवाफमा उनी भन्छन्, ‘बगरको ढुंगाजस्तो। के हरायो, के हरायोजस्तो अनुभूति भयो।’

छ महिना लामो लकडाउन अवधिमा उनी शैक्षिक गतिविधिबाट पनि टाढा रहेनन्। यसबीच उनी विद्यालयका विभिन्न गतिविधिमा सरिक भइरहे। कहिले विद्यालयका विभिन्न बैठक, छलफल त कहिले विद्यार्थीका घरघर पनि पुगे। ‘यहाँ राम्रो इन्टरनेट पनि चल्दैन,’ प्रधानाध्यापक थापाले भने, ‘अनलाइन कक्षा पनि प्रभावकारी भएन, तर वैकल्पिक बाटो खोजेर पनि शैक्षिक गतिविधिलाई निरन्तरता दिन खोज्यौं। केही विद्यार्थीको घरदैलोमै पनि पुगियो। टोलटोमा सिकाइ केन्द्र बनाएर पनि सहजीकरण गरियो।’नागरिक दैनिकबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *