मन्दिरकाे बजेट मनाेमानी रुपमा अन्तै गाभेकाे प्रति हिन्दु महासंघकाे ज्ञापन पत्र

२०७७ भाद्र ३१, बुधबार १२:३८ गते २०७७ भाद्र ३१, बुधबार १२:३८ गते २०७७ भाद्र ३१, बुधबार १२:३८ गते

कमलेश चन्द्र गुप्ता। कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले मन्दिरकाे बजेट मनोमानी रुपमा काटेर अन्तै गाभेकाेप्रति नेपाल बिस्व हिन्दू महासंघले ज्ञापन पत्र बुझाएको छ ।नेपाल विश्व हिन्दू महासंघले मंगलवार शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुलाई ज्ञापनपत्र बुझाइएको नेपाल विश्व हिन्दू महासंघका कपिलवस्तुका जिल्ला अध्यक्ष उदयभान यादवले जानकारी दिनुभएको छ ।

जिल्लाको शिवराज नगरपालिका ८ विसनपुरकाे देविपुरमा रहेको दुर्गा मन्दिरको लागि छुट्याइएको बजेट सोही स्थानमा निर्माण हुन लागेको प्रहरी चौकीलाई दिइएको भन्दै मन्दिरको बजेट मन्दिरमै लगानी लगाउन नगरपालिककाे ध्यानाकर्षण गराइएको प्रदेश न.५ का महासचिव निरन्जन यादवले बताउनुभएको छ ।प्रदेस महासचिव को अनुसार :- यसरी मठ, मन्दिर को लागि बिनियोजित रकम आफुखुसी अन्यत्र चलाउनु सिङ्गो हिन्दू हरुको आस्था माथि कुठाराघात गर्नु हो।

हिन्दूहरू को आस्था संग जोडिएको बिषयलाई बदनीयतपूर्ण यदि स्थानीय सरकार द्वारा चलाएको वा हिन्दुत्व माथि खेलवाड गरेको मा यहाँ का हिन्दू युवाहरूले मौन नबस्ने र कड़ा रूपले जवाफ दिने बताउनु भएको छ ।नगरपालिका ले समय मै मन्दिर को बजेट लाई पुन : मन्दिर मै खर्च गर्ने निर्णय नगरे नेपाल विश्व हिन्दु महासंघ कपिलवस्तु जिल्ला कार्यसमितीले स्थानीय सरकार बिरुद्ध चर्को आन्दोलन गर्ने एवं खबरदारीका कार्यक्रम ल्याउन बाध्य हुने छ भन्ने कुरा ज्ञापन पत्र द्वारा प्रतिबद्धता जाहेर गरेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *