युथ कांग्रेस नेपाल पर्सा द्वारा डा. गोबिन्द केसी को माग पूरा गराउन ज्ञापनपत्र

२०७७ आश्विन ४, आईतवार २१:२६ गते २०७७ आश्विन ४, आईतवार २१:२६ गते २०७७ आश्विन ४, आईतवार २१:२६ गते

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि लामो समयदेखि संघर्ष गरिरहनुभएका डा.गोबिन्द के.सी माग पूरा गराउन युथ कांग्रेस नेपाल पर्सा जिल्ला का संयोजक सुमेश्वर साह ले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएका छन। डा केसी ले १९ औं पटक सत्याग्रहमा बस्नु भएको छ। डा.के.सी संग प्रत्येक पटक सरकारले सम्झौता गर्दै आएको तर सम्झौता कार्यान्वयन भने नगरेको हुँदा पटक पटक सत्याग्रहमा बस्न बाध्य हुनुभएको छ। डा.गोविन्द के.सीको मागहरु यथासिघ्र पुरा गरी उँहाको जीवन रक्षा गर्न प्रमुख जिल्ला अधिकारीज्यू मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाए को छ।साथै निम्न लिखित मागहरु पूरा गराउन समेत माग गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्।

गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश न दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा,
उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्। मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड  तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्। २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् ।

विश्वविद्यालय,काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले
पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस् । राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस् ।

यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानबिन र महाभियोगलगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा युथ कांग्रेस नेपाल का प्रदेश नं २ का सचिब आरयन ठाकुर ,प्रदेश सदस्य राहुल गुप्ता ,पर्सा जिल्ला सदस्य सुमित गुप्ता लागयतको उपस्थिति रहेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *