एजेन्सी। भारतमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको घटना ठूलो बहसको विषय बनेको छ।सुशान्तको आत्महत्याको विषयले बलिउडमा नातावाद र क्रिपावाद हाबी भएको विषयसँगै बलिउडमा लागुऔषध धन्दाको कर्तुत उजागर गरेको छ।भारतीय संचारमाध्यम शुसान्तको घटनालाई दैनिक जसो मुख्य समाचार बनाइरहेका छन्। अभिनेत्री कंगना रणावतले शुसान्तको आत्महत्याको कारण बलिउडमा व्याप्त नातावाद भएको बताउँदै चलचित्र माफियाहरुको चर्को आलोचना गरिरहेकी छिन्।
यसबीचमा सुशान्तका पिता के.के सिंहले सुशान्तले प्रेमिका रिया चक्रवर्तीको कारण आत्महत्या गरेको भनेर प्रहरीमा उजुरी दिएपछि हाल यो घटना सीआईबीले नै अनुसन्धान गरिरहेको छ।अनुसन्धानका क्रममा रियाका च्याटहरुमा लागुऔषध धन्दाको विषय समावेश भएको देखिएपछि यो विषयमा भारतको लागुपदार्थविरुद्धको संस्था एनसीबीले पनि अध्ययन गरिरहेको छ।हाल सुशान्तकै आत्महत्याको विषयलाई लिएर भारतका चर्चित पत्रकार अर्नब गोस्वामीले बलिउड स्टार सलमान खानलाई झपारेका छन्।
And @BeingSalmanKhan reads dialogues the lunatic here reads a teleprompter promoted by Bjp pic.twitter.com/rArq2g8D2y
— Swati Chaturvedi (@bainjal) September 16, 2020
गोस्वामी सलमान ठूलो कलाकार भएर पनि सुशान्त सिंहको मृत्युको विषयमा एक शब्द नबोलेकोमा रुष्ट बनेका छन्।गोस्वामीले सलमानले बलिउडमा लागुऔषध धन्दाको विषय र नातावाद र क्रिपावादको विषयमा किन नबोलेको भन्दै प्रश्न गरेका छन्।उनले सलमानलाई,‘तिमी कहाँ छौं, किन बोल्दैनौं?’ भन्दै प्रश्न गरेका छन्।(हेर्नुहोस भिडियो सहित)
Views: 0