रेल्वे कम्पनीमा जागिर खान ३२ हजारको आवेदन, सोर्स, फोर्स र नातागोता चल्दैन : महाप्रबन्धक भट्टराई

२०७७ आश्विन १४, बुधबार २२:१४ गते २०७७ आश्विन १४, बुधबार २२:१४ गते २०७७ आश्विन १४, बुधबार २२:१४ गते

काठमाडौं, १४ असोज : नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजार जनाले आवेदन दिएका छन् । कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो ।नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ । सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन् ।भट्टराईले ट्विटरमार्फत भनेका छन्, ‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिवद्धता पनि हो ।’,

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *