काठमान्डौ। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्री अहिले जन्मथलो काकडभिट्टामा छिन। कोरोना कहरको कारण खेल क्षेत्र प्रभाभित भैरहेको बेला रुबिना पनि खेलको अभ्यास गर्न पाएकी छैनन। यो बेला उनि रनिङ्ग , जिम लगायतका फिटनेस गरेर आफ्नो शरीरलाई सधै फिट राखीरहेकी छिन। खेलाडीको दिमाग र शरीर सन्तुलनमा राख्नुपर्ने मा रुबिना प्रतिबद्द छिन । रुबिनाको रास्ट्रीय टिमको साथीहरुसंग दैनिक फिटनेस को बारेमा भलाकुसारी भैरहेको हुन्छ।
रुबिनाको सफलतामा परिवार को राम्रो साथ् छ। गाउँ, जिल्ला, प्रदेश मा छनौट हुदै रास्ट्रिय टिममा सग्लंन भएकी रुबिना को पारिवारिक अवस्था नाजुक भएपनि परिवार ले साथ् दिएको ले रुबिनाको सफलता सम्भब भएको हो । रुबिनाको बुबा हुनुहुन्न , ममी र दाइले साथ् नदिएको भए रुबिनाले सफलता प्रदान गर्न सक्ने अवस्थामा थिइनन। दाइले स्कुलकोलागि लाने खाजा को पैसा जम्मा गरेर ब्याट उपहार दिएको कुरालाई निकै सम्झिन्छीन त्यो क्षण र रास्ट्रिय टिममा रुबिना चयन हुदा आमाले सपना पुरा गरेको क्षण लाइ निकै सम्झिन्छीन रुबिना। उनको व्यक्तिगत जीवन र महिला क्रिकेट को बारेमा हेर्नुहोस अन्तरवार्ता –
Views: 0