डा केसी संग सरकारको सहमति भएपनि बिगत झैँ कार्यन्वयन नगर्ने भन्दै हाम्रो नेपाल सुशासन अभियानले बिज्ञप्ति निकालेको छ।
हाम्रो नेपाल सुशासन अभियानले निकालेको विज्ञप्ति जस्ताको त्यस्तै-
हाम्रो नेपाल सुशासन अभियानको विज्ञप्ति
सन्दर्भः डा केसिको अनसन, सहमती र सरकारको नियत
देशको दुर्गम तथा दुरदराजमा गरिवहरुलाई समेत स्वास्थ्य सुविधा पुर्याऊन , भरोशायुक्त सर्वसुलभ स्वास्थ्य सुविधाको प्रत्याभुति गर्न र गरिवका छोरा छोरीहरुले समेत मेडिकल शिक्षा अध्ययन गर्ने अवसर जुटाऊने र स्वास्थ्य सुविधालाई मेडिकल माफियाको चंगुलबाट छुटकारा दिलाऊने अभीप्रायले समस्त स्वास्थ्य क्षेत्र कै सुधारका लागि लडिरहेका डा गोविन्द केसि पुनः यो १९ औ पटक २७ दिन अनसनरत रहे र डा केसि तथा नेपाल सरकारको विच ८ वुंदे सहमती भै अनसन तोडे डा केसि ले । यीनै मागहरुको सेरोफेरोमा र कतिपटक त देशमा व्याप्त भ्रष्टचार , विकृती र वेईमानीका अन्य अतिरिक्त विषयलाई समेत समेटदै उनी अनसन वसे । वर्तमान दुई तिहाईका शक्तिशाली प्रधानमन्त्रि मात्र होईन २०६९ असारमा पहिलो सत्याग्रह शुरु गरे यताका सबै प्रधानमन्त्रिहरुका पालामा यी दृढ डाक्टर अनसनमा वसे , प्रायः हरेक पटक सहमती भयो , तर विडम्बना कार्यान्वयन भएन । एक्लो डा केसी को दृढता , अठोट र राष्ट्रप्रेममा सरकार झुक्ने र फेरी झुक्याऊने प्रवृत्ति कायमै रह्यो । कसैले भन्न सक्त्तैन डा केसी का माग गलत छन भनेर , तर सहमतीको अवज्ञा हुन्छ सरकार बाटै । यो कस्तो विडम्वना हो ? संसारमा यस्तो भएको होला कहि कतै ? के यो राष्ट्र कै लज्जाको विषय होईन ? नारामा समाजवाद , जनपंक्ष र जनताका कुरा गर्छन , तर व्यवहारमा भ्रष्ट आचरण , माफिया र विचौलीया तथा स्वार्थी जमातको पृष्ठपोषण गर्छन भने के यो जनताको सरकार हो ? कि त डा केसी गलत छन भन्नु पर्यो , होईन भने पार्टी , सरकार र तीनका नेतृत्वकर्ताहरुको मुल्याकंन गरी जनताका पक्षमा जागरण आऊनु पर्यो अब । यो सबैको कर्तव्य र दायीत्वको विषय हो ।
अहिले भएको ८ वुंदे सहमती जनचासो , दवाब , खबरदारीको कारण भएको हो , सरकार दवाबमा परेरै हो । तथापी यो सकरात्मक पक्ष छ ; तर नेपाली जनताको जीत भैसकेको र डा केसीका माग पुरा भएको अवस्था छैन । कसैका स्वार्थ पुर्ति तथा तुष्टी र पुष्टीका लागि बजेट विनियोजन भएका छन , दुरुपयोग भएका छन तर डा केसी ले राखेका नेपाली जनता केन्द्रित माग पुरा गर्ने सरकारको योजना र वजेट नहुने ? कस्तो देश भयो नेपाल ? डा केसी र नेपाली जनतालाई हरेक पटक झुक्याईएको छ , ठगिएको छ , वेईमानी भएको छ र त्यसको अब फेरी पुनरावृती नहोला भन्न सकिन्न । त्यसैले अब नेपाली जनताले डा केसी का माग प्रति गंभीर हुनु पर्ने र सरकारको चाल , रवैया तथा कार्यान्वयन पक्षलाई नियालेर खबरदारी गर्नु पर्ने दायीत्व छ । डा केसी लाई एक्लो छोडनु हुन्न । फेरी डा केसी २० औ पटक अनसन बस्नु पर्ने अवस्था नआवस र त्यो परिस्थिति फेरि सृजना गरिन्छ भने सम्पुर्ण नेपाली जनताले त्यस बेला दृढ्तापुर्वक कठोर कदम चाल्नु पर्ने हुन्छ । यसर्थ , सरकार गंभीर बनोस , सहमती समयमा नै कार्यान्वयन होस , आलटाल नहोस । हामी यही विषयमा यो विज्ञप्ति मार्फत अभियानको धारणा , सचेतना र खवरदारी लाई पुनः दोहोराऊन चाहन्छौ । यसमा सवैको साझा चासो – सरोकार र खवरदारी दृढ वनोस ।
हो ।
Views: 0