बोक्सी भगाउने नाममा गाला डामेपछी

२०७७ कार्तिक १७, सोमबार ०९:१८ गते २०७७ कार्तिक १७, सोमबार ०९:१८ गते २०७७ कार्तिक १७, सोमबार ०९:१८ गते

काभ्रे : बोक्सी भगाउन भन्दै ३७ वर्षीया महिलालाई माता बताउने एक बालिकाले गाला तथा शरीरका अन्य भागमा तातो पन्युँले डामेकी छिन् । महिलाका श्रीमान्ले मातालाई घरमै बोलाएर झारफुक गरिदिन भनेपछि बोक्सी भगाउन पन्युँ तताएर महिलाको गाला, हातको औंला र शरीरका विभिन्न भागमा डामिएको थियो ।पाँचखाल नगरपालिका–१० की शर्मिला विकलाई सोही नगरपालिका–१२ की आफूलाई माता बताउने १६ वर्षीया बालिकाले बोक्सी भगाउन भन्दै तातो पन्यँुले डामेकी हुन् । लामो समयदेखि मानसिक रोगबाट पीडित महिलालाई बोक्सी भगाउँदा निको हुन्छ भन्ने अन्धविश्वासका कारण पन्युँ डामिएको हो ।

श्रीमान् सानुबाबु विकले मातालाई घरमै बोलाएर श्रीमतीलाई झारफुक गर्न अनुरोध गरेका थिए । ‘लामो समयदेखि दिदी मानसिक रोगबाट पीडित भएकाले राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका थियौं’, पीडित शर्मिलाका भाइ दीपक रसाइलीले भन्नुभयो– ‘राजधानीमा बस्दै आए पनि लकडाउनपछि परिवारका सबै सदस्य पाँचखालमा रहनुभएको थियो । त्यही बेला दिदीलाई थप गाह्रो भएकाले झारफुकमा विश्वास गर्ने गरी उहाँलाई बोलाएर फुक्न लगाउँदा पन्युँ तताएर डामिएको रहेछ ।’शर्मिलालाई छोप्ने र दिमागसँग सम्बन्धित मानसिक रोग थियो । श्रीमान् केही वर्ष विदेश बसेर गत वर्ष मात्रै फर्कनुभएको थियो । अनेक स्थानमा उपचार गर्दा पनि निको नभएकाले झारफुकबाट निको हुन्छ भन्ने सोचेर मातालाई बोलाएको जानकारी गराएको दीपक रसाइलीले जानकारी दिनुभयो ।

आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा बोक्सी भगाउने भनी गरिएको अमानवीय व्यवहारका विरुद्ध पीडकलाई कारबाही, पीडितको उपचार र क्षतिपूर्ति मागसहित जाहेरी दर्ता गरिएको छ । प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले बोक्सी भगाउने भन्दै महिलामाथि गरिएको अमानवीय घटनाविरुद्ध जाहेरी दर्ता भएको र माता बताउने बालिकालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बताउनुभयो । महिलालाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइए पनि थप उपचारका लागि राजधानीको छालासम्बन्धी अस्पतालमा रिफर गरिएको भाइ दीपकले बताउनुभयो ।डेड वर्षअघि घरमा कुलायनको पूजा लगाउँदा आफूलाई माता चढेको बालिकाले बताउनुभयो । एक वर्षदेखि माताकै रुपमा उपचार गर्दै आएकाले विश्वासका कारण महिलाको श्रीमान् सानुबाबु विकले एक महिनादेखि बोलाएको भए पनि आफू नगएको उहाँले बताउनुभयो ।

माता बताउने बालिकाले भन्नुभयो– ‘कात्तिक १४ गते साँझ म पसलमा ग्यास लिन जाँदै थिएँ । महिलाका श्रीमान्ले बाटोमै रोक्नुभयो । मेरो घरमा आफै ग्यास पु¥याइदिनुभयो र मलाई उहाँको घरमा जबरजस्ती लैजानुभयो ।’‘घरमा महिलालाई ८ जनाले समाएर राख्नुभएको रहेछ । म पुग्नेबित्तिकै उहाँहरुले महिलालाई छाडिदिनुभयो । उहाँले मेरो कपाल समाएर भुइँमा गाड्नुभयो । मैले दुईवटा धूप र सिस्नुपानी लगाउन खोजेको थिएँ । उहाँहरु सबैले मलाई पन्युँ तताएर गालामा डाम्नुपर्छ भन्नुभयो ।मैले उहाँहरुले ग्यासमा तताएर ल्याएको पन्युँले केही समस्या पर्दैन परेको हामी बेहोरौंला भनेपछि डामेको हुँ’, बालिकाले भन्नुभयो– ‘भर्खर एसईई दिएर बसेकी मैले यस्ता धेरै महिलाहरुलाई निको पारेको छु । सामान्य परिवारको सदस्य भएकाले मैले धेरै तान्त्रिक विद्या केही आर्जन गरेको छैन ।’-नेपाल समाचार पत्र बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *