कोरोना कहरमा पनि हाँस्न सिकौ, बाँच्न सिकौ – सुस्मा महरा, वरिस्ठ सौन्दर्यविद्

२०७७ कार्तिक २८, शुक्रबार १७:५९ गते २०७७ कार्तिक २८, शुक्रबार १७:५९ गते २०७७ कार्तिक २८, शुक्रबार १७:५९ गते

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कहरले तमाम मानिसहरुलाई निकै नै निराश बनायो । सारा संसार नै डरले काप्ने स्थिती रह्यो । सबै देशका सरकार अन्यौलमा परे संसारनै लकडाउन भयो । तर पनि मानिसहरुले खुसि खोजि नै रहे । अर्थात दु:खमा पनि मानिसले हास्न छाडेनन् । टिकटक बनाएर होस या घरको नयाँ नयाँ रेसिपि बनाएर होस मानिसहरु रम्न खोजे । यो महामारीको बेलामा मानिसको सबै भन्दा बलियो गुण आफु र संसारलाईनै खुसि राख्न सक्नु रहयो । दु:खमा साथ दिएर होस् वा अन्य रचनात्मक सहयोग गर्दै, अधिकांश मानिसले मानविय गुण प्रस्तुत गरे। दर्शकदिर्घा खाली भएता पनि, खेल मैदानहरु शुन्य भए पनि खेल प्रेमीका लागि आइपिएल, युरोपियन लिग आदीले खुशीको संचार गरायो । ठप्प बनिसकेको खेलकुद क्षेत्रलाई यि र यस्ता ठुला प्रतियोगिताले चलायमान बनाएको छ । भारतमा सुपर स्टार अक्षकुमार अभिनित चलचित्र लक्ष्मिको रिलिजले एकचोटि यो महामारीलाई बिर्साईदिएको छ । यस्तै हामीले पनि आफ्नो मौलिकतासँग जोडिएको दशैं मनाएर दु:खमा सुख खोज्ने मौलिकपना दर्शाइसकेका छौ । त्यसो त कोभिडको कहर माझमा अन्य चाडपर्वहरु पनि मनायौ ।

अब अर्को ठुलो चाड तिहार सम्मुखमा नै छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । काग तिहार ,कुकुर तिहार , गाई पुजा, लक्ष्मी पुजा ,महपुजा र नेपाल संवत समेत पर्ने गरेकोले यस समय निकै नै हार्दिक हुने गर्छ भने दिपावली गरिने हुँदा देश नै धपक्क बलेको हुन्छ । तिहार ताक फूल फुल्ने हुँदा यसको सुगन्ध र सौन्दर्यले मानिसमा फरक उर्जा र उमंग पनि विकास हुन्छ नै । संचार माध्यम वा अन्य श्रब्य दृष्‍य प्रविधीमा बज्ने तिहार गीत वा भैलिनीबाट मानिस लठ्ठ पर्ने हुँदा यसले छुट्टै रौनकता दिन्छ नै । आखिर दसैं तिहार र आसपास मनाईने चाडपर्वले मानिसको पिडालाई कम गर्न माहौल सिर्जना गरेका छन्, गर्दैछन् ।महामारीको प्रभाव कायमै छ । आगामी महिना देखि यसको खोपहरु आउने चर्चा चुलिंदो छ । तसर्थ धैर्यतापुर्वक खोपको प्रतिक्षा नगरि धर छैन । त्यतिन्जेलका लागि अझ बढी सर्तकताका साथ आउने चाडलाई मनाउँनुमा उत्तम हुनेछ । समाजीक दुरी कायम राखौं , भिडभाडमा माक्सलाई अनिवार्य लगाउ र जाडो महिना शुरु भएकोले यो पाली विषेश ध्यान दिएर रुघाखोकी लाग्नबाट बचौं । आफु पनि बाँचौ र अरुलाई पनि बचाऔ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *