काठमाडौ — नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली काँग्रेस केन्द्रिय आमन्त्रित सदस्य समाजसेवी बालकृष्ण ले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन्।गृहजिल्ला तनहुँको दमौलीमा व्यास नगरपालिकाले आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Views: 0