क्याम्बोडियामा कोरोना विरुद्धको खोप निःशुल्क दिइने

२०७७ मंसिर २३, मंगलवार १२:४८ गते २०७७ मंसिर २३, मंगलवार १२:४८ गते २०७७ मंसिर २३, मंगलवार १२:४८ गते
Scientists wearing masks and gloves Holding a syringe with a vaccine to prevent covid-19

एजेन्सी, २३ मंसिर : कम्बोडियाका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिइने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै नागरिकलाई कुनै शुल्क नलिइ कोरोना विरुद्धको खोप प्रदान गरिने जानकारी गराएका हुन् । उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालासँग परामर्श गर्न पनि निर्देशन दिएका छन् ।त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सबै नागरिकलाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

पहिलो चरणमा उच्च जोखिममा रहेका नागरिकलाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको उनको भनाइ छ । एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले बताए ।दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ । दक्षिण एसियाली देश कम्बोडियामा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ । अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको पनि ज्यान गएको पुष्टि भएको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed