सिरहा, ३ पुस : सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका-५ झिझौलका २५ वर्षका रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।गएको मंसिर २२ देखि मंसिर २८ गतेसम्मको अवधिमा चार जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए । यो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच जना घाइते भएका र विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0