कर्मचारी नियुक्तिमा समेत राजनीतिक र गुटगत प्रभाव

२०७७ पुष १८, शनिबार १७:३६ गते २०७७ पुष १८, शनिबार १७:३६ गते २०७७ पुष १८, शनिबार १७:३६ गते

काठमाडौं १८ पुस – अहिले नेपालको राजनीतिमा एउटा छुटै तरंग पैदा भएको छ संसद बिगठनको विषय देशमा राजनीतिक उधलपुधल भएको छ दिगो सरकार भनियता पनि संसद कामचलाउ हुन् पुगेको छ। विगठन पछि नेकपाको प्रचण्ड- माधव गुटका सरकार कै धेरै मन्त्रीले राजनिमा दिसकेका छन् ।तर उधोगमन्त्री लेखराज भट्टले क्याम्प फेरेर कुर्सी जोगाउन प्रधानमन्त्री ओलि गुट सङ्ग टासिएर मन्त्री पद जोगाएका छन् तर दुर्भाग्य भन्नू पर्छ मन्त्रीको कुर्सीमा टिकेर,झणडा मात्र हल्लाएर के गर्नु,एउटा मामुली कर्मचारी समेत नियुक्ति गर्ने ल्याकत राख्दैन अहिले प्रधानमन्त्री ओली र उधोगमन्त्री लेखराज भट्टबीच क्या हार्दिकतापुर्ण सम्बन्ध होला!तर तथ्यले त्यस्तो बोल्दैन। बर्षोेेदेखि उधोग मन्त्रालय मातहतका दर्जन निकाए रिक्त छन् । त्यहाँ नियुक्ति प्रक्रिया अघि बढछ,नाम सिफारिस हुन्छ तर प्रधानमन्त्री ओलीको एस म्यान छनोट नहुँदा क्याबिनेटबाट प्रस्ताव मन्त्रालयतिरै फर्किने सिलसिला रोकिएको छैन। हालै मात्र मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया अघि बढायो। मन्त्रालयले सर्ट लिस्टिङ गरि तीन जनाको नाम पठायो। सिफारिस भएकाहरु बाणिज्य बिभागका पुर्व निर्देशक योगेन्द्र गौचन,वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका पुर्वकार्यकारी निर्देशक रघुराज काफ्ले र चण्डिकाप्रसाद भट्ट थिए। नियुक्तिका लागि लोकसेवा आयोगले परिक्षा समेत लिइएको थियो।लकडाउनका बेला उम्मेदवारको घरमै गाडी पठाएर योजना आयोग बाट उधोग हेर्ने सदस्य रामकुमार फुयालको अध्यक्षतामा मौखिक परिक्षा समेत लिइएको थियो तर समितिले गरेको सिफारिसमा आफ्ना मान्छे नपरेपछि प्रधानमन्त्री केपी ओलीले सो सिफारिस रद्द गरेर उधोग मन्त्रालयमै फर्काउनु भएको छ।

यी तथ्यले भन्छन् प्रधानमन्त्री ओली क्याबिनेटका मन्त्रीहरु आफ्नै मन्त्रालयमा एउटा मामुली सहसचिव सम्म नियुक्त गर्ने हैसियत राख्दैनन्। उधोग मन्त्रालय मातहत दर्जन निमित्तकै भरमा घस्रिरहेका छन्। यसरी कामचलाउ रूपमा चलिरहेको संस्थामा नेपाल औषधि लिमिटेड,उदयपुर सिमेन्ट उधोग,नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड,व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र लगाएत छन्।अधिकांश स्थानमा मन्त्रीले नियुक्त गर्न खोज्ने तर मन्त्रीपरिस्द मन्त्रीपरिषद बाट फिर्ता आउने शृङ्खलाले निरंतरता पाएपछि मन्त्री भट्ट हैरान छन्। यसअधि मातृका यादव हुँदा मन्त्रालयले सिफारिस गरि पठाएको नाम उसैगरी फिर्ता भएको थियो। अहिले ई.मणिराम गेलाल सचीव बनेर सतर्कता केन्द्र पुगेपछि शहरी विकास तथा भवन निर्माण बिभाग,प्रेमनारायण कडेल सचिब बढुवा भएपछि बन्यजन्तु बिभागजस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट कार्यलय हाकिमबिहिन बन्न पुगेका छन्। यता अस्ति आठ मन्त्री र एक राज्यमन्त्री थपिनु अघिल्लो दिनसम्म मधेसीको कोटाबाट मन्त्री पड्काएका मोतीलाल दुगड वन नभए कृषि मन्त्रालयतिर जाने गरी आफुनिकटसँग्ं छलफल चलाइरहेका थिए तर भोलिपल्टै उनको राजकीय ओहदा खोसिएको छ।

कस्ता कस्ता कर्मचारी करारमा भर्ती भएका केहि कर्मचारीकै कारण सेज कोमामा पुगेका उधोगका अधिकारीहरु सुनाउँछ्न्। त्यहाँ करारमा भर्ती भएका सुन्दर थापा,सागर सिलवाल,अर्जुन पाण्डे लगाएत कर्मचारीअहिले काउसो सावित भएका छन्। सब इन्जिनियरको जागीर खाइरहेका सागर कम्प्युटर अप्रेटर हुन्। उनिमाथि भैरहवा प्रोटल बनाउने नाममा ४० लाख हिनामिना गरेको चार्ज छ। बाबुचाही राजश्व सचिवको गाडी चालक भएका कारण उनको चुरिफुरी बेग्लै भएको कर्मचारी बृतमा चर्चा छ।अर्जुन पाण्डे पेशाले सिभिल इन्जिनियर।२०६५ साल देखि सेजमा प्रवेश गरेका उनले समय केहिअघी मात्र कुपोन्डोलमा बंगला खरिद गरेको र कालीगण्डकी कोरिडोरमा युनाइटेड कन्स्ट्रक्सन सङ्ग मिलेर एउटा पुलमा पाँच करोड लगानी गरेको चर्चा छ। यस्तै तत्कालीन घरेलुु बिकास समितिमा आठाै तहका कर्मचारी सुन्दर थापा २०७१ सालदेखि सेजमा खटिएका छन्। सात मंसिरमा त्यहाँ बाट हटाइए। सर्बोच्चको शरणमा पुगेपनि स्टे अर्डर नपाएपछि तिलमिलिएका छन्।चण्डिका भट्ट,अर्जुन सुन्दर लगाएत कर्मचारीको मिलेमतोमा बिना योजना बजेट स्वीकृत गराई ३५स्थानमा साम्भाव्यता अध्ययनका नाममा अर्बौं र १० स्थानमा बिस्तृत अध्ययन गर्ने नाममा करोडौं गोलमाल गरेको चर्चा छ।यो समाचार जन आस्था साप्ताहिकको पुस १५ गते बुधबारमा प्रकाशित छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *