दर्शन लामालाई प्रेमीकाको धम्कीः छाडी म जान्छु

२०७७ पुष २१, मंगलवार २२:४५ गते २०७७ पुष २१, मंगलवार २२:४५ गते २०७७ पुष २१, मंगलवार २२:४५ गते

काठमाडौँ । यो चिसो मौंसममा युगल प्रेमीहरु आँखामा आँखा जुदाउदै नसालु प्रेमको अंगालोमा बाँधिदै भनिरहन्छ “माया अमर रहोस्” । छाडी म जान्छु तिमी रोइ बस्नु यो चिसोमा प्रेमीकालाई धम्की दिन्छन् तर प्रेमी भन्छन् “माया अमर रहोस्” ।

बाल्यकाल देखि प्रेममा बाँधिएका धेरै प्रेम जोडीहरुको सपना पुरा भयो या भएन तर दर्शन लामा र निकिता थापाले माया अमर रहोस् भन्दै यो पुसको चिसो कटाउने बिचार गरिसकेका छन् ।”हे रातो मफ्लर बेरी काँधमा कालो चश्मा भिरी कानमातिरिरी मुरलीको धुनले तिमीलाई फिरीरी बाधी मेरो आफ्नो बनाउला

नमाने हातमा तिम्रो नाम कोरी ज्यान फाली मेरो माया जनामला” भन्दै दर्शन लामाले निकिता थापालाई फकाउँदै छन् ।”हे बाटो छेकी हेरी पर बेसी गाउमा बडी भर झनन रिसाई आँखा तरी म त फनन फन्को आङ तन्की फर्कमला पछी लाए तिम्रो पिछे परदेशी सारा गाउँलाई भड्काउला” भनेर यो चिसोमा तर्साउन खोजिरहेका छन् प्रेमी दर्शन लामालाई तापनि बाल्यकालको मायालाई अंगालोबाट फुत्काउन चाहदैन् दर्शन लामा ।

यो “माया अमर रहोस्” म्यूजिक भिडियोको छोटो कथा हो । भिडियोमा के भएको छ त्यो भिडियो हेरेपछि नै थाहा पाउने नै छन् तर गायक दर्शन लामाले नेपाली संगीत बजारको भीडमा दोस्रो “माया अमर रहोस्” म्यूजिक भिडियो लिएर आएको छ । हुन त गायक दर्शन लामाको यो पहिलो म्यूजिक भिडियो भने होइन । करिब एक वर्ष पहिला नै “जाऊ हिड मैचयाङ” सेलो गीत मार्फत गायकको परिचय दिइसकेका छन् ।
अहिलेको यो आधुनिक प्रविधि र नयाँ नयाँ स्टाइहरुको प्रयोगसँगै आएको यो म्यूजिक भिडियो समग्रमा राम्रो नै छन् भन्दा फरक नपर्ला तर नव युगल जोडीहरुका लागि भने यो गीत अमृत नै हुने छन् ।

स्कुलमा अध्ययन गर्दा देखिको प्रेमीको माया कस्तो हुन्छ भन्ने यो म्युजिक भिडियोबाट देखाउन खोजिएको छ भने प्रेममा जात र थर हुँदैन भन्ने सन्देश दिन खोजिएको छ | यो म्यूजिक भिडियोमा प्रेक्ष्य बज्रचार्य र बिनोद न्यौपानेले अभिनय गरेको छ भने सन्ध्या पाख्रीन र अनिष सिंको अभिनय पनि देख्न पाइन्छ ।

प्रतिक पौडेलको शब्दमा दर्शन लामाको स्वर रहेको छ ।नुवाकोटमा जन्मेको दर्शन लामा काठमाडौँको कोलाहल भित्र गायक भन्ने सपना बुनि रहेका छन् । उनको सामु चुनौतीको पहाड उभिरहेको छ । त्यसलाई पार गर्न सकिन्छ त ? यो “माया अमर रहोस्” म्यूजिक भिडियो पनि एउटा अस्त्र हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *