संखुवासभामा काँग्रेसको ‘गरिखाने अभियान’ सुरु

२०७७ माघ २१, बुधबार २१:४३ गते २०७७ माघ २१, बुधबार २१:४३ गते २०७७ माघ २१, बुधबार २१:४३ गते

संखुवासभा, २१ माघ । नेपालको पूर्वी पहाडी जिल्ला संखुवासभामा ‘गरिखाने अभियान’ सुरु भएको छ ।नेपाली काँग्रेसको लगानी पूर्वाधार र रोजगार रोजगार दृष्टिकोण एवम् दिगो परियोजना विशेष समितिको आयोजनामा संखुवासभा क्षेत्र नं २ स्थित दिलकुमारी स्मृति सभा भवनमा नेपाल दलित सङ्घ क्षेत्रीय कार्यकर्ता भेला एवम् ‘गरिखाने अभियान’ सुरु गरिएको हो ।विशेष समितिका सहसंयोजक एवम् नेपाली काँग्रेसका नेता दिपक खड्काको विशेष पहलमा भएको उक्त कार्यक्रममा विपन्न तथा गरिब जनताको आर्थिक उन्नती गर्दै सिङ्गो संखुवासभाको विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

कार्यक्रममा पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले सरकार मुलुकको विकासका लागि भन्दापनि सत्ताको लगाईँमा लागेको उल्लेख गर्नुभयो । “निर्वाचन जितेर गएका प्रतिनिधीहरु जनताको पीरमर्का बुझ्नभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्दा देशको विकास हुन सकेन,”–उहाँले भन्नुभयो ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा गोविन्दराज पोखरेलले नेपालको समृद्धिको लागि युवालाई आत्मनिर्भर र कर्मशील बनाउनुपर्ने बताउनुभयो । “युवालाई कर्मशील र गरिखाने बनाएमात्र देशको विकास हुन्छ,”–उहाँले भन्नुभयो ।अर्थविद् राजु नेपालले ‘गरिखाने अभियान’ अभियानले विपन्न जनतालाई सहुलियतपूर्ण ऋण दिएर आयआर्जनमा लगाउने भएकाले इच्छुक व्यक्तिले लाभ लिनसक्ने बताउनुभयो ।नेपाली काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले समृद्ध संखुवासभा निर्माणका लागि गरिखाने अभियानलाई जिल्लाभरी विस्तार गर्दै लैजाने बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *