महोत्तरीमा विद्यार्थीहरुद्वारा चक्काजाम गरि प्रदर्शन

२०७७ माघ २१, बुधबार २१:४८ गते २०७७ माघ २१, बुधबार २१:४८ गते २०७७ माघ २१, बुधबार २१:४८ गते

महोत्तरी | महोत्तरीको पिपरा गाउँपालिका वडा ४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयका विद्यार्थीहरुले बुधबार पिपराचोकमा चक्काजाम गरेर प्रदर्शन गरेका हुन् ।पिपरा गाउँ पालिकाका प्रमुख बिक्रम चौधरीले विद्यालयमा कुनै चासो नराखेको मात्र कमिसन र भ्रष्टाचारमा लिप्त रहेकाे विद्यार्थीहरुले गम्भीर अाराेप लगाउनुभएकाे छ ।तीन महिना अघि एक कार्यक्रममा प्रमुख बिक्रम चौधरीले घाेषना गरेकाे कामकाज शिक्षामा लागु अहिलेसम्म नभएको छ । अध्यक्ष चाैधरि मात्रै भाषणमा शिमित रहेकाे विद्यार्थीहरुले अाराेप लगाए ।पिपरा गाउँपालिकामा पर्ने रामनारायण अयोध्या माध्यमिक विद्यालयमा शाैचालयमा ढाेका नभएको कारणले छात्राहरूलाई समेत समस्या भएकाे उनिहरुले बताए ।

विद्यार्थीहरुकाे भनाइ अनुसार कक्षा काेठामा ढाेका, झयाल, समेत नरहेको र अध्यक्ष चाैधरिले दावि गर्दा अाइ रहेकाे तर विद्यालयमा कतै विकास भएकाे छ‌ैनन ।विद्यालयमा जताततै फाेहर र खाल्डा रहेको तापनि सरसफाइ नभएको कारण र विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ ।रामनारायण अयोध्या माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज ठाकुरलाई विद्यार्थीहरुले गुनासो गर्दा कुटपिट र धम्क्याउने प्रयास समेत गरेकाे अाराेप लगाए ।विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका बताए ।उनीहरुले विद्यालयमा नियमित रुपमा पठनपाठन हुनुपर्ने माग गरेका छन् ।

उनीहरु मात्र कमिसन र भ्रष्टाचारमा लिप्त छन् । यस्तोमा हाम्रो भविष्य अन्धकारमा धकेलिने खतरा रहेकाे प्रदर्शनमा सहभागी भएका विद्यार्थीले दुख प्रकट गर्नुभयाे ।गाउँपालिका प्रमुखले शिक्षामा कुनै किसिमको ठोस कार्यक्रम लागू नगरेकोले आफुहरुलाई बाध्यतावस आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले जानकारी दिनुभयो । विरोध प्रदर्शनमा कक्षा ९ र १० मा अध्ययनरत दर्जनौं छात्र छात्राहरुको सहभागीता रहेको थियो ।प्रधानाध्यापक मनोज ठाकुर, गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरी, उपाध्यक्ष ननु कुमारी दास, शिक्षा शाखाका दुखरन चौधरीलगायत विद्यालय व्यवस्थापन समितिले समेत विद्यार्थीको पठनपाठनमा कुनै ध्यान दिईरहेका छैनन् ।
यसतर्फ कसैकाे चासाे नरहेको सबै भ्रष्टाचारमा लिप्त रहेकाे जिकिर गरेकाे छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *