जीप दु’र्घटना: तीनजनाको मृ’त्यु, तीनजना घा’इते

२०७७ माघ ३०, शुक्रबार १२:५९ गते २०७७ माघ ३०, शुक्रबार १२:५९ गते २०७७ माघ ३०, शुक्रबार १२:५९ गते

लमजुङ : पुर्वि लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जिप दुर्घ’टना हुँदा ३ जनाको मृ’त्यु भएको छ। ३ जना ग’म्भीर घा’इते भएका छन्। दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जिप बिहीबार साँझ ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दु’र्घटना भएको हो।दु’र्घटनामा आयोजनामा कार्यरत दुईजना इन्जिनियर र जिप चालकको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यलय लमजुङका प्रमुख एवं डीएसपी गंगाबहादुर थापाले जानकारी दिए।

उनका अनुसार दु’र्घटनामा मृ’त्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन्।त्यस्तै धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घा’इते भएका छन्।विद्यार्थीहरु स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए। घा’इते उनीहरुको जिल्ला अस्पताल बेंसीसहर ल्याई उपचार भईरहेको जिल्ला प्र’हरीले जनाएको छ। घ’टनास्थलमा नौथर प्र’हरी चौकी श्रीमञ्ज्याङका असई अजय गुप्तासहितको प्र’हरी टोली र स्थानीयले मृ’तक र घाइ’तेको उद्धार गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *