काठमाडौं, ५ फगुन : सुनको मूल्य बुधबार ११ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८९ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, चाँदीको मूल्य पनि बुधबार घटेको छ\चाँदीको मूल्य बुधबार १३ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यो मूल्य मंगलबारको भन्दा २० रुपैयाँले सस्तो हो ।
कोरोना भाइरसको संक्रमणसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।व्यवसायीका अनुसार अहिले धेरैजसोले पुरानै गहना बेचेर त्यसबाट आएको पैसामा केही थपथाप गरेर नयाँ गहना बनाउने गरेका छन् भने केहीले जलप लगाएको गहनाको प्रयोग गर्ने गरेका छन् ।
Views: 0