काठमाडौं, ०६ फाल्गुण – देशको विभिन्न ठाउँमा पछिल्लो समय भैरहेको महिला माथि काे हिंसात्मक गतिविधि काे बिराेधमा भैरहवामा जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश महिला महासंघले बिराेध कार्यक्रम गरेकाे छ । प्रदेश सभा सदस्य कल्पना पाण्डेकाे नेतृत्वमा भएकाे बिराेध सभामा प्रदेश सांसद सन्ताेष पाण्डे लगायत नेता कार्याकर्ताकाे सहभागीता थियाे । कार्यक्रममा प्रदेश सांसद कल्पना पाण्डेले पछिल्लो समय महिलामाथी भएकाे हिंसात्मक गतिविधि तत्काल राेक्न र दाेषि उपर कारवाही गर्ने सरकारलाई ध्यानाकर्षण गराईन् । बिराेधसभामा वाेल्दै पाण्डेले भनिन् ‘याे सरकार महिलाकाे सवालमा अनुदारवादी छ ।
महिला अधिकार काे सुनिश्चितता गर्न सरकार चुकेकाे छ । महिला माथी घरेलु हिंसा, मानव बेचविखान, दाईजाेकाे निहुँमा एसिड प्रहार, बलात्कारपछि हत्याकाे श्रृङखला बढ्नु याे मुलुकमा दण्डहीनताकाे पराकाष्ठा भएकाे र सरकार लाचार भएर हेरेर बसेकाे अवस्था रहेकाे बताइन् । तत्काल भागिरथी भट्ट, निर्मला पन्तहरूकाे हत्यारा पत्ता लगाउन सरकारले तदरूकता देखाउनु पर्ने अन्यथा नारीहरू सडकमा आउने र याे सरकार काे बिरूद्दमा आन्दोलन गर्नुकाे बिकल्प नरहेको उल्लेख गरिन । सो अवसरमा प्रदेश सांसद सन्ताेष पाण्डेले अब याे सरकार प्रतिगामी, महिलाबिराेधी भएकाेले यसको विकल्प खाेज्न लाग्नुपर्ने बताए ।सरकार जनताकाे पक्षमा नरहेकोले जनताप्रति जिम्मेवारी बाेध नभएकाे पनि उनले धारणा राखे । कार्यक्रममा ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई पठाईएकाे छ ।
Views: 0