काठमाडौं, ७ फागुन : पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक चुनाव र दल विशेष नेताको शासन प्रणाली नभएको बताएका हुन् ।

हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने भन्दै उनले देशको प्रतिष्ठा बढाउन हामी कत्तिको सफल भएका छौँ भन्नेबारे समीक्षा गर्नुपर्ने समय आएको बताएप्रजातन्त्रमा जनशक्ति र धनसम्पत्ति नै विशिष्ट भएको भन्दै उनले आम नागरिकको आस्था, चाहना र जनभावनालाई कसैले पनि मेट्न नसक्ने बताए ।उनले राजा र आम नागरिकको सहमतिबाट खडा भएको देशमा निषेध र विभेदको राजनीति सुरू गरिएकाले देश जटिलतामा फस्दै गएकोसमेत बताएका छन् ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *